कुकुरका कारण बुटवलमा पैदलयात्री असुरक्षित

श्यामलाल पोखरेल
बुटवल, कार्तिक २७ गते । बुटवलका सडक र गल्लीहरुमा छाडा कुकुरको बिगविगी बढेको छ । सडमा छोडीएका छाडा चौपांयासंगै भुस्या कुकुरको बिगविगीले सडकयात्रीले सास्ती भोग्नु परेको छ ।

छाडा कुकुरबाट मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएका छन,भने कुकुरको टोकाइबाट पैदलयात्री घाइते भएका छन्। सडक र गल्ली गल्लीमा लाइनलागेर हिड्ने कुकुरका कारण बिहानमा मर्निडवाक हिड्नेहरुले ठूलो सास्ती भोग्दै आएका छन् । त्यस्तै विहान स्कुल तथा कलेज जाने विद्यार्थीलाई पनि सडकका छाडा कुकुरहरु आंखाको कसिंगर जस्तै बनेका छन् ।

बजारमा छाडा भुस्या कुकुरको संख्या बाक्लै देखिन थालेका छन्, भने घरमा पालेका कुकुरहरु पनि बिहानको समयमा छोड्ने गर्दा ति कुकुरले सडकयात्रीलार्ई टोक्ने गरेका छन् । सडकयात्रीसंगै मोटरसाइकल, साइकल चालककहरुलाई लखेटी लखेटी झम्ने गर्दा सडक दुर्घटनाका घटनाहरु बढेको बुटवलका मिनराज पन्थीले नयां दिशालाइ बताए । कात्तिकमा मात्रै बुटवल बजारमा दर्जन बढीलाई कुकुरले टोकेको बिहानमा हिड्दा आफुले प्रत्यक्ष देखेको उनले बताए ।

बुटवलका सडकहरुमा बाक्लै कुकुरहरु देखिन थालेपछि नियन्त्रणका लागि योजना बनाईएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए । सडकका छाडा कुकुरले सडकयात्रीलाई टोकेका घटनाहरु सुन्नका आएको बताउंदै प्रवक्ता रानाले भने यसको निराकरणका लागि हामीले कार्यक्रम बनाएका छौ, अब तत्काल सबैको साथ सहयोगमा कार्यान्वयन गर्नेछौ ।

बुटवल उपमहानगरपालिकाले सडकका कुकुरहरु छापेर रेविज बिरुद्दकोा खोप लगाउने र बन्ध्याकरण गर्ने कार्यक्रम भने वर्षेनी गर्दै आएको छ । तर सडकका छाडा कुकुरहरु नियन्त्रण नगरेकाले सडकयात्री समस्या भोग्न बाध्य छन् ।

रुपन्देहीको मानपकडीका नरिश्वर मल्लाहले मोटरसाईकलमा तरकारी मोटरसाइकलमा तरकारी बोकेर केही दिन अघि बिहानै बुटवल बजार आएका उनलाई कुकुरले झम्टेर दाइने खुटमा टोक्यो । मोटरसाइकल कुकुरसंग अल्झिएर पल्टियो,भने कुकुरसंग जोगिन खोज्दा उनी पनि सडकमा लडे । तरकारी सडमा यत्रतत्र पोखियो । मोटरसाइकलको लेडगाड भाचियो, तरकारी नास भयो र कुुकुरले सामान्य दात गाडेपछि घाइते भएका उनले बिहानमा बुटवलमा तरकारी बिmक्रीका लागि जाने छोडेको दुखेसो पोखे । नरिश्वर मल्लाहले एक पात्रा मात्रै हुन् । कुकुरकाा कारण यस्ता थुप्रै घटना घट्ने गरेका छन् ।

आजभोली बिहानमा मनिडवाकमा हिड्नेहरुले हातमा लौरो लिएको दृष्य देख्न सकिन्छ । सडक र गल्लीका छाडा कुकुरहरको उचित व्यवस्थापन गर्ने दायित्व स्थानीय सरकार, जिल्ला प्रशासन र प्रहरी कार्यालयको भएपनि यि आधिकारिक निकायहरु मौन रहेको नारायण गौतमले बताए ।
बुटवल उपमहानगरपालिकाले छाडा कुकुर व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरेको बताएको छ । यो कसरी र कहिलेदेखि कार्यान्वयन गर्ने हो त्यो भने हेर्न बांकी छ । छाडा कुकुरका कारण बुटवल बजार अव्यवस्थित र दुर्घटनाको जोखिम बढेकाले कुकुरहरुको उचित व्यवस्थापन गर्न नगरवासीले उपमहानगरलाई आग्रह गरेका छन् ।

सडकका छाडा कुकुरले टोकेपछि रेबिज सर्ने सम्भावना ९० प्रतिशत हुने भएकाले सचेत हुन स्वास्थ्यकर्मी वालकृष्ण कडेले बताए ।
सडकमा छाडा छोडिएका गाइगोरुका कारण असुरक्षित सडकयात्री केही महिना यतादेखि कुकुरका कारण बुटवलका सडकमा हिड्ने पैदलयात्री, साइकल र मोटरसाइकल चालकले असुरक्षित महसुस भएको एक मोटरसाइकल चालक बसन्त पोखरेलले बताए ।