गुल्मी, पाल्पा र अर्घाखांचीका सुन्तलाको मुख्य बजार बुटवल

बुटवल, मंसिर १२ गते । गुल्मी, पाल्पा र अर्घाखांची सुन्तला उत्पादनको हिसावले लुम्बिनीमा अग्रणी जिल्ला पर्दछन् । यि तीन जिल्ला सुन्तलाका लागि पकेट क्षेत्रपनि मानिन्छ ।

प्यूठान, रोल्पा र रुकुम पूर्वी जिल्लामा पनि सुन्तला उत्पादन हुने भएपनि लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा र अर्घाखांची सुन्ताला बढी फल्ने भएकाले सुन्ताल फल्ने जिल्ला भनेर चिनिन्छन् । गुल्मी, पाल्पा र अर्घाखांचीमा उत्पादन हुने सुन्तलाको मुख्य बजार बुटवल हो ।

प्यूठान र रोल्पाको तुलनामा गुल्मी पाल्पा, अर्घाखांचीमा बढी सुन्तला उत्पान हुने अर्घाखांचीका सुन्तला कृषक भिमप्रसाद खनालले बताए । मौसमजन्य सुन्तालबाट राम्रो आम्दानी हुने भएपछि गुल्मी, पाल्पा, अर्घाखांचीमा कृषकहरु सुन्ताल खेतीप्रति बढी आर्कषित बनेको कृषि ज्ञानकेन्द्रहरुले बताएका छन् ।

बोटमा सुन्ताल फलेपछि व्यपारीहरु सुन्तला खरिद गर्न घरघरमै आउने र घरबाटै बिmक्री नभए बुटवल पठाउने गरिएको अर्घाखांची लामडांडाका कृषक लालमणी खानलले बताए । बोटमै बिक्री गर्दा मुल्य नपर्ने भएकाले मुख्य बजार बुटवल भएको बताउंदै कृषक खनाले भने बोटबाटै बेच्दा सित्तैमा बेच्नु पर्ने र बुटवलमा केही बढी मुल्य पाउने भएकाले सुन्ताल फलेपछि बुटवलको आस लाउंछ कृष लालमणीले भने ।
सुन्तलाको यस वर्षको सिजन शुरु भैसकेको छ ।

बुटवलमा केही दिन यतादेखि सुन्तलाको व्यापार बढ्दो छ । मण्डीदेखि हरेक पसल र सडक किनारमा बिक्रीका लागेको राखिएको सुन्तला जताततै देख्न सकिन्छ । विशेष गरी गुल्मी, पाल्पा, अर्घाखांची, प्यूठान, सल्यान, स्याडजा लगायतका पहाडी जिल्लामा फलेका सुन्तला बुटवलमा विक्री वितरण भैरहेको छ । सिजन अनुसारको फलफुल भएकाले सुन्तालप्रति उपभोक्ता पनि आर्कषित छन् ।

राम्रोसंग सुन्ताल उत्पादन हुने गुल्मीमा गत वर्ष वर्ष २४ करोड ५० लाख बराबरको बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । गुल्मीमा सुन्तला उत्पादनको डाटा संकलन हुन नसकेपनि सुन्तला उत्पादनमा कमी नभएको ज्ञानकेन्द्रले बताएको छ । गुल्मीको कृषि ज्ञानकेन्द्रले दिएकोा जानकारी अनुसार उत्पादन भएको आधा भन्दा बढ िसुन्तला जिल्ला बाहिर जाने र बढी सुन्ताल बुटवलमा खपन हुने गर्दछ ।
गुल्लमीमा ९५ प्रतिशतभन्दा बढी सुन्तलाको बगैँचा बिजु बोटका रहेका छन् । बिजु बोटका सुन्तलाको बोटले समयसम्म फल दिने गर्दछन् । गुल्मीमा सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गौडाकोट, काली गण्डकीको अर्बेनी, जयखानी, चन्द्रकोटकोे रेमी, सत्यवती र मदानेको भनभने मुख्य पकेट क्षेत्र मानिन्छन् ।

गुल्मीको ३७ वटा वडामा सुन्तलाजातको फलफुल जोन कार्यक्रम लागु गरिएको कृषि ज्ञानकेन्द्रले जानकारी गराएको छ । सुन्ताला उत्पादनले फड्को मार्दै गएको पाल्पामा १४ सय बढी हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र पाल्पा कार्यालाय प्रमुख अनिता पाण्डेले बताइन ।

कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार २०८०।०८१ मा १७ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएकाले त्यसपछिको डाटा संकलन गर्न केही दिन लाग्ने भएपनि सुन्तला उत्पादन बढेको छ र कृषकहरु सुन्तलाप्रति धेरै आर्कषित छन् ।

१० स्थानीय तह रहेको पाल्पाका तिनाउ र रामपुरबाहेक अन्य ८ वटा पालिकाको भूभागमा सुन्तला उत्पादन हुने गर्दछ । पाल्पाको रिब्दीकोट, बगनसकाली, रम्भादेवी, तानसेन, माथागढीमा अत्याधिक सुन्ताल उत्पादन हुने गर्दछ । पाल्पाको उत्पादन हुने सुन्तालको मुख्य बजार बुटवल भएपनि बुटवल भन्दा बाहिर पनि पठाउने गरिएको रिब्दीकोटका कृषक मोहन श्रेष्ठले बताए ।

यस्तै अर्घाखांची पनि सुन्तला उत्पादनका लागि लुम्बिनी प्रदेशमा अग्रणे जिल्ला पर्दछ । अर्घाखांचीको पाणेनी र मालारानी बढी मात्रमा सुन्तला उत्पादन हुने गर्दछ । जिल्लाको सबै जसो ठाउंमा सुन्तला र उत्पादन हुने भएपनि पाणेनी र मालारानीमा राम्रो उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र अर्घाखांचीका सूचान अधिकारी वासुदेव पौडेलले जानकारी गराए ।

कृषि ज्ञान केन्द्र अर्घाखांचीका सूचना अधिकार पौडेलका अनुसार ९ सय ३२ हेक्टरमा सुन्तला उत्पादन हुने गरेको छ । गश वर्ष ९ हजार ८ सय मेट्कि टन उत्पादन भएको र यस वर्ष सुन्तला उत्पादन बढ्ने अनुमान गरिएको छ । सुन्तालको बोटको संख्यावृद्दि र फलेको देख्दापनि उत्पादन बढ्ने सहजै अनुमान गर्न सकिन्छ ।

सुन्तला उत्पादनको डाटा संकलन गर्ने काम भैरहेकाले ठ्याक्कै भन्न नसकिएपनि गत वर्ष भन्दा यस वर्ष सुन्ताल उत्पादन अर्घाखांचीमा बढ्ने कृषि ज्ञान केन्द्रले बताएको छ ।