चुनाव जित्नका लागि मात्रै एकता होइन, देशको नेतृत्व गर्न हो – प्रचण्ड

देउखुरी, मंसिर १२३ गते । नेपाली कम्युनिष्ट पार्टीले शनिबार दाङको लमहीमा लुम्बिनि प्रदेशको एकता सन्देश सभा गरेको छ । उक्त एकता सभामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
एकता सभामा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने दावी गरेका छन् । उनले हामीहरुले चुनाव जित्नका लागि पार्टी एकता नगरेको बताउंदै देशको नेतृत् वगर्ने गरी पार्टी एकता गरिएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ओलीप्रति व्यगें गर्दै उटपट्याङ गर्नेहरुले राजनीतिक नेतृत्व गर्न नसक्ने बताउंदै उनले भने अब अब्बल बनिसकेको नेपाली कम्युनिष्ट पार्टीले राजनीतिक नेतृत्व गर्छ ।

विगतमा दुई तिहाइको सरकार छिनभरमा ढलेको स्मरण गर्दै जनताको सामु दुइ तिहाइ पनि काम नलाग्ने बताए । जनताको सामु चुनावबाट प्राप्त दुई तिहाइ पनि काम नलागको बताउंदै जनताको मन नजित्नुको विकल्प छैन ।

ढिलो चाँडो सबै कम्युनिष्ट पार्टीमा रहेकाहरु नेपाली कम्युनिष्ट पार्टीमा आउने दावी गर्दै भने हामी जहाँ गएका छौ, जेएनजेटदेखि सबैले हामीलाई साथ दिएका छन् । प्रचण्डले इतिहाँसमा योगदान नदिएका व्यत्तिहरुले सामाजिक संजालबाट कमाएको शाखले नेतृत्व गर्नै नसक्ने ठकुवा गर्दै ओलीप्रति व्यगें गरे ।

नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले हाम्रो पार्टी एकता दीगो र विश्वासिलो हुने बताए । पूर्वप्रधानमनत्रीसमेत रहेका नेपालले जेनजेजीका मागहरुलाई सम्बोधन गरेर पार्टीलाई उत्पादनसंग जोडेर लैजानु पर्ने बताए । उनले हाम्रो पार्टी एकता सामान्य नरहेको भन्दै पछिल्लो राजनीतिक घटनाक्रम अनुसार पार्टीलाई रुपान्तरण गर्दै लैजाने प्रतिबद्धता जनाए ।

नेता बामदेव गौतमले सबै राजनीतिक दलहरु विगतबाट पाठ सिकेर सच्चिएर अघि बढ्नुपर्ने बताउंदै नयां पुस्ताको भावना र देशको अवस्था अनुसार पार्टीलाई अगाडि बढाउनु पर्ने बताए ।

अर्का नेता भिम रावलले मुलुकको राष्ट्रियताको रक्षा लागि पार्टीले मुख्य एजेण्डा वनाउने बताउंदै यो पार्टी एकतालाई व्यवहारमा पुष्टि गर्नुको अर्को विकल्प नभएको बताए ।

कार्यक्रममा वर्षमान पुनले लुम्बिनीको एकता सन्देश सभाले पार्टीलाई थप उचाईमा पुराएको बताउंदै नेपाली कम्युनिष्ट पार्टी अब देशकै ठूलो पार्टी बन्ने दावी गरे ।
प्रदेश इन्चार्ज चक्रपाणी खनालको अध्यक्षतामा एकता शन्देससभा भएको हो ।