कम्युनिष्ट आन्दोलन अगाडि बढाउन बुर्जुवा चिन्तनबाट मुक्त बनौ मोहनविक्रम


काठमाडौँ, मंसिर १४ गते । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले कम्युनिष्ट आन्दोलन अगाडि बढाउन बुर्जुवा चिन्तनबाट मुक्त हुनुपर्ने बताएका छन् । बुर्जुवा चिन्तनबाट मुक्त नभएसम्म कम्युनिष्ट आन्दोलनले सार्थकता नपाउने सिंहको तर्क छ ।

आइतबार काठमाडौँका जर्मन कम्युनिष्ट पार्टी (एमएलपिडी) का नेताहरू स्टेफन एङ्गेल र मोनिका गार्टनरद्वारा लिखित पुस्तकको परिचर्चा कार्यक्रममा बोल्दै महामन्त्री सिंहले ‘बुर्जुवा चिन्तनबाट मुक्त नभईकन कुनैपनि देशको कम्युनिष्ट आन्दोलन अगाडि बढ्नै नसक्ने दावी गरे ।
‘बुर्जुवा सामाजिक विज्ञान, धर्म र संस्कृतिको सङ्कट’ शीर्षकमा अंगे्रजी भाषाको पुस्तकबारे चर्चा गर्दै सैद्धान्तिक सङ्घर्ष कम्युनिष्ट पार्टीका लागि धेरै महत्वपूर्ण हुने बताए ।
‘लेनिनले भनाई चर्चा गर्दै क्रान्तिकारी सिद्धान्तविना कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने बताउंदै महामनत्री सिंहले भने –‘कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन माक्र्सवादी–लेनिनवादी दर्शनको आधारमा अगाडि बढ्नुपर्दछ । त्यसका लागि अध्ययन संस्कृतिलाई प्रवद्र्धन गर्नुपर्दछ । एमएलपिडीले सैद्धान्तिक–वैचारिक विषयमा अध्ययन अगाडि बढाएको भन्दै त्यसको प्रशंसा गर्दै ‘एमलपिडीले सैद्धान्तिक–वैचारिक विषयमा प्रशस्त ध्यान दिएको छ । यो राम्रो विषय हो । नेपालमा भने सिद्धान्त र विचारको अध्ययनमा ध्यान नपुगेको महामनत्रीको सिंहको भनाइ छ । ‘हाम्रा कम्युनिष्टका कैयौँ कार्यकर्ताले पुस्तक, पत्रपत्रिकाको अध्ययनमा ध्यान दिँदैनन्’ पार्टीप्रकाशनको अध्ययनमा मेत हाम्रा नेताकार्यकर्ताको कम ध्यान जाने गरेको छ ।’

महामन्त्री सिंहले नेपालका कम्युनिष्टले अध्ययन संस्कृतिको विकास गर्न एमलपिडीबाट शिक्षा लिनुपर्ने आवश्यकता रहेको बताए । ‘एमएलपिडीले कुनै सैद्धान्तिक पुस्तक प्रकाशन भयो भने तलैसम्म त्यसबारे परिचर्चा कार्यक्रम सञ्चालन गर्दछ । यो राम्र्रो पक्ष हो । हामीले अध्ययन संस्कृतिको विकास गर्ने उनीहरूको यो तरिकाबाट शिक्षा लिनुपर्दछ ।’






















