रोटरी क्लब अफ बुटवलद्दारा विद्यार्थीलाई छात्रबृति, पत्रकारीता पुरस्कारबाट पत्रकार भुसाल सम्मानित


बुटवल, मंसिर १६ गते । रोटरी क्लब अफ बुटवलले १० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृति दिएको छ । क्लवले आफ्नो ३३ औँ चाटर नाइट समारोहमा क्लवले स्थापना गरेको अक्ष्यकोषवाट १० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृति दिईएको हो ।
१० जना विद्यार्थीलाई जनही ५ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको रोटरी क्लब अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले जानकारी गराए ।
कालिका मानव ज्ञानका अनिष पाण्डे, शान्ति नमूनाका लक्ष्मण थापा, नेपाल आधारभूत विद्यालयका शानवि थारु र नन्दनी मल्लाह, न्यू होराईजनका अनुप्रस भट्राई, सैनामैना माविका सन्दीप बिक, लुम्बिनी बोर्डिङका रामबहादुर सार्की, सिद्धार्थ गौतमबुद्ध क्याम्पसका झरना शर्मा, शान्ति नमूना मानव सेवा आश्रमका विमला पुन र फूलवारी आधारभूतका कल्याण गैरलगायतले छात्रबृति पाएका हुन् ।

सोही कार्यक्रममा प्रमुख अतिथी रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका पूर्व गर्भनर राजेन्द्र ध्वजुले क्लवले गरेका कामको प्रसम्सा गदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरु गर्न सुझाव दिंदै समाजमा सकरात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममारोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानकाअसिस्टेन्ट गर्भनर हरि लम्सालले क्लवले गरेका असल कामको प्रचार प्रसार गर्नुपर्ने बताए ।
क्लबका अध्यक्ष कृष्ण पराजुलीले ३३ वर्षको यात्रामा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै बृक्षा रोपण, स्वास्थ्य शिविर, छात्रवृत्ति, रक्तदान तथा शान्ति प्रवद्र्धनसम्बन्धी गतिविधि निरन्तर अघि बढाइने बताउंदै सकरात्मक कामका लागि सबैसंग सहकार्य गर्न सकिने बताए ।

कार्यक्रममा चेयर अफ प्रेसिडेन्ट काउन्शील महेन्द्र प्रसाद श्रेष्ठ , निवर्तमान अध्यक्ष प्रज्ववल थान्जु प्रेसिडेन्ट इलेक्टेट मधु अर्याल, प्रेसिडन्ट नोमिनी यदुनाथ पाण्डेलगायतले आआफ्ना धारण राखेका थिए ।
कार्यक्रममा उत्कृष्ठ रोटरी पत्रकारीता पुरस्कारबाट पत्रकबार यमलाल भुसाललाई सम्मान गरिएको छ ।






















