नदीजन्य पदार्थ उत्खनन् र विक्रीमा भीरकोटको नयां अभ्यास


श्यामलाल पोखरेल
बुटवल, मंसिर १९ गते । नदीजन्य पदार्थको उत्खनन् र बिक्री वितरणमा नयां अभ्यास शुरु गरेको स्याङ्जाको भीरकोट नगरपालिकाका लागि गण्डकी प्रदेश बाधक बनेको छ । नगरपालिकाको क्षेत्रभित्र पर्ने आंधीखोलाबाट निस्कने नदीजन्य पदार्थ प्रशोधन गरेर विगत ६ वर्षदेखि नगरको विकास र नगरवासीलाई विक्री वितरण गर्दै आएको छ ।

नगरपालिकाले आन्तरिक आर्थिक श्रोत बढाउनका लागि ठूलो मेहेनत गरेर चोर निकासी रोकेर नगरपालिकाले गे्रजी स्किनिङ भाइबेटर मेशिनको प्रयोगबाट गिटी् बालुवा चाल्ने र धुने गरेर विक्री वितरण गर्दै आएको छ । प्रदेश सरकारलाई आम्दानीको ४० प्रतिशत दिनु पर्ने बाध्यताका कारण भीरकोट नगरपालिकालाई प्रदेश सरकार बाधक बनेको नगर प्रमुख गोविन्दकुमार कर्मचार्यले बताए । एकातिर प्रदेश सरकारको आतंक रहेको बताउंदै नगर प्रमुख कर्मचार्यले भने नदीजन्य पदार्थको विषयमा संघीय र प्रदेशका ऐन कानुनहरुका कारण काम गर्न समस्या छ ।
नदीजन्य पदार्थ निकाल्नका लागि डोजर जस्ता ठूला साधन तथा गाडीहरु प्रयोगमा रोक लगाईएको भिरकोट नगरपालिकाका नगर प्रमुख गोविन्दकुमार कर्मचार्यले जानकारी गराए । आंधीखोलाको गिट्टीवालुवा नगरवासीलाई पुरा भएपछि मात्रै अन्यत्र विक्री गर्न पाइने र नगरवासीलाई आवश्क हुंदा हुंदै अन्यत्र विक्री गर्न नपाइने नगरसभाले निर्णय गरेको छ ।

नगर प्रमुख कर्मचार्यका अनुसार गुणस्तरीय गिट्टीवाल्वाबाट बलिया र टिकाउ खालका विकासका योजनाहरु निर्माण गर्न, नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रण गरेर नगरपालिकाको आन्तरिक आर्थिक श्रोत बढाउनका लागि प्रशोधन गरी गुणस्तरीय गिट्टीवालुवा उत्पादन गरिएको हो ।
आंदीखोलामा उत्खनन्का लागि डोजर जस्ता ठूला साधन प्रयोग गर्न पाइदैन । मान्छेले आफै चालेर र आफै धोएर मेशीनबाट प्रशोधन गर्दछन् । ढुवानी ट्याक्टरमा मात्रै हुने र नगर क्षेत्रभित्र प्रशोधित गिट्ी बालुवा प्रयोग गगरिन्छ । जसलाई नगरपालिकाले नौलो तथा नयां अभ्यास भन्ने गरेको छ । यो अभ्यास सफल र सबैले मनपारेको नगरपालिकाको दावी छ ।
भीरकोट नगरपालिका क्षेत्रभित्र करिव ९ किलो मिटर आंदीखोला बगेको छ । नदीकोबीच भागको नदीजन्य पदार्थ आफ्नै विकासमा प्रयोग गर्ने र उपल्लो पूतलीबजार नगरपालिका र तल्लो वालिङ् नगरपालिकाको सीमासम्मको भागमा भने टेण्डर गर्ने गरिएको नगरपालिकाले जानकारी गराएको छ । टेण्डर गरिएको स्थानमा पनि डोजर जस्ता ठूला साधनहरु प्रयोगमा नगरपालिकाले रोक लगाएको छ ।
नगरपालिकाले खोलाबाटै कामदारले कोदाला, फरुवा, बेल्चा जस्ता घरेलु साधन प्रयोग गरेर ट्याक्टरमा लोड गर्ने गर्दछन् । ट्याक्टरबाटै अन्यत्र लाने गरिन्छ । गिट्ी, बालुवाबाट आम्दानीको श्रोत बढाउन र नगरवासीलाई गुणस्तरीय नदीजन्य पदार्थ उपलबध्ध गराउनका लागि स्थानीय कामदारले मेशिनको सहयोगमा गिट्टीवालुवा चाल्ने र धुने गरेको नरगरपालिकाका योजना अनुगमन तथा कार्यक्रम अधिकृत यामप्रसाद रेग्मीले बताए ।
योजना अनुगमन तथा कार्यक्रम अधिकृत रेग्मीका अनुसार प्रशोधन गरेको गुणस्तरीय नदीजन्य पदार्थको प्रयोगले नगरपालिका भित्र बनेको विकास निर्माणका सानादेखि ठूलो सबै योजनाहरु बलिया बनेका छन् । हामिले प्रशोधन गरेको नदीजन्य पदार्थ गिट्ी बालुवामा कुनै माटो नहुने र शुद्द गुणस्तरीय हुने भएकाले भीरकोट नगरपालिका भित्र निर्माण भएका सडक, पुल, भवनहरुलगायत अन्य सबै योजनाहरु बलिया र टिकाउ खालका बनेका नगरपालिकाको दावी छ ।
गे्रजी स्किनिङ भाइबेटर मेशिनको प्रयोगबाट गिटी् बालुवा चाल्ने र धुने कार्यक्रम सञ्चालन भएपछि नदीजन्य पदार्थको चोरी निकासी पूर्णरुपमा बन्द भएको नगरपालिकाले दावी गरेको छ । खोलाबाट हुने चोरी निकासी बन्द गर्नका लागि नगर प्रमुखले आफ्नै कार्यकक्षमा सिसीटी क्यामरा जडान गरी बिहानदेखि रातीसम्म निगरानी गर्ने गर्दछन् । नदीजन्य पदार्थ चोरी निकासी बन्द गर्नका लागि नगरपालिकाले प्रहरीको मनोवल बढ्ने गरी पुरस्कार स्वरुप आर्थिक सहयोग गर्ने गरेको छ ।
नगर प्रमुख कर्मचार्यका अनुसार नदीजन्य पदार्थ चोरी निकासी गर्ने पहिलो व्यक्ति वा समूहलाई पहिलो पटक जरिवाना गरी १० हजारसहित समान जफत र समानको १० प्रतिशत जरिवाना गरी नगरपालिकाको आर्थिक कोषमा राखिन्छ । त्यस्तै दोस्रो पटक चोरी गर्नेलाई २० हजार र तेस्रो पटक चोर्नेलाई ५० हजार जरिवान गरेर जरिवानाको २० प्रतिशत रकम प्रहरीलाई दिने गरिएको नगर पमुख कर्मचार्यल नयां दिशालाइ बताए । चोर्नेको धन्दा चोर्ने हुन्छ, हाम्रो समाउने र कारवाही गर्ने धन्दा हुने बताउंदै नगर प्रमुख कर्मचार्यले भने – अहिले चोरी निकासी पूर्णरुपमा बन्द भएको छ । चोर्ने चोरहरुले हार खाए हामी सफल भयौ । 
भीरकोट नगरपालिकाले गिट्टीवालुवा प्रशोधन गरेर विक्री वितरणको कार्यक्रम सुरु गरेपछि स्थानीयलाई रोजगार मिलेको छ । केही वर्ष यातादखि ३ सय देखि४ सय जनाले रोजगार पाएका छन् । योजना अनुगमन तथा कार्यक्रम अधिकृत यामप्रसाद रेग्मीका अनुसार नगरलाई पुराएर छिमेकी गल्याङ नगरपालिका, विरुवा, पर्वत पाल्पासम्म गिट्टीवालुवा विक्री गरिएको छ । वालुवा प्रति घनमिटर २६ सय, बालुवा प्रति घनमिटर १४ सय र चिप्स प्रति घन मिटर २ हजार रुपैयांका दरले रेट निर्धारण गरिएको छ ।
भीरकोट नगरपालिकाले टेण्डर गरिएको नदीजन्य पदार्थको आम्दानीको ४० प्रतिशत गण्डकी प्रदेशलाइ बुझाउने गरेको छ । प्रदेशको आतंकका कारण आम्दानी घटेको नगर प्रमुख गोविन्दकुमार कर्मचार्यल बताए । खर्च कटाएर बचेको आम्दानीबाट ४० प्रतिशत ल्याउन आग्रह गरेपनि कुल आम्दानीको ४० प्रतिशत प्रदेश सरकारलाई दनुपर्ने बाध्यताल आम्दानी घटेको उनले बताए ।
आंदीखोलाका ढुंगाहरु मेशिनको प्रयोग गरेर गिट्टीवालुवा र चिप्स बनाएर विक्री गर्नका लागि नगरसभाबाट निर्णय गरेर वजेटसम्म छटएको भीरकोट नगरपालिकाले । तर संघीय र प्रदेश सरकारको नियम, कानुन स्थानीय सरकारलाई भन्दा व्यक्ति वा ठेकदार कम्पनीलाई दिनै पर्ने खालको भएकाले नगरसभाको निर्णय अलपत्र परेको नगर प्रमख कर्मचार्यले गुनासो गरे ।
ढुंगा फुटालेर गिट्टीवालुवा र चिप्स बनाउंदा सय प्रतिशत माल बन्ने र गिट्टीवालुवा प्रशोधन गर्दा ७० प्रतिसत नोक्सान हुने भएकाले ढुंगा फुटालेर गिट्टीवालुवा र चिप्स बनाउने नगरपालिकाको निर्णय अलपत्र परेको छ । संघीय र प्रदेश सरकारको कानुन बाधक बन्दा र प्रदेश सरकारको अनावश्यक आतंकले नगरपालिकाले आन्तरिक आर्थिक श्रोत जुटाउनमा समस्या भएको नगरपालिकाले बताएको छ ।
ढुंगा फुटालेर गिट्टीवालुवा र चिप्स बनाउने मेशिन खरिदका लागि नगरसभाले विनियोजन गरेको १ करोड २० लाख बजेट अलपत्र बनेको छ । अहिले खोलाको गिट्टीवालुवा प्रशोधन गरेर विक्री गर्दा वार्षिक करिव २ करोड आम्दानी हुने गरेको र ढुंगा फुटालेर गिट्टीवालुवा र चिप्स बनाउंदा वार्षिक ५ करोड आम्दानी गर्न सकिने भएकाले नगरसभाले नै ढुंडा फुटाल्ने मेशीन खरिद गर्नका लागि बजेट विनियोजन गरेको नगर प्रमुख गोविन्दकुमार कर्मचार्यले बताए । 
नगरपालिकाका अनुसार नदीजन्य पदार्थ प्रशोधन गर्दा ७० प्रतिशत वयस्टेज जाने र उक्त वयस्टेज गएको समान आंदीखोलामा तटबन्धनका लागि प्रयोग गरिएको छ । भीरकोट नगरपालिकाले अहिले आंधीखोलाको दुवैतर्फ ३ किलोमिटर तटबन्धन गरिसकेको छ ।
मेरै कार्यकालमा खोलाको दुवैतर्फ तटबन्धन गरेर भ्याउने गरी काम अगाडि बढाएको नगर प्रमुख गोविन्दकुमार कर्मचार्यले बताउंदै भने काम तीव्र गतिमा अघि बढाईएको छ ।






















