राजनीति कहिलेसम्म गर्छु थाहा छैन, कलाकारितामा भैरहन्छु
लुम्बिनी लोक सांकृतिक पत्रकारिता पुरस्कारबाट पत्रकार यमलाल भुसाल सम्मानित


बुटवल, मंसिर २० गते । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विदेशमा बसेर नेपालमा केही भएको छैन भन्ने भाष्य खडा नर्गन विदेशस्थित नेपालीलाई आग्रह गरेका छन् । उनले नेपालमा केही भएको छैन भन्न नमिल्ने बताउंदै सकरात्मक सन्देश दिने गरी बोेल्न आग्रह गरेका छन् ।

शनिबार बुटवलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेशको सातौ आधारण सभा तथा तेस्रो अधिवेशन उद्घाटनमा बोल्दै गलत भाष्य खडा गने गरी नबोल्न आग्रह गरे । नेपालमा केही भएको छैन, भन्ने होइन, केही राम्रै काम भएका छन्, केही गर्न बांकी रहेको बताउंदै मन्त्री थापाले भने गर्नुपर्ने कामहरु हामीले गर्छौ, तपाईहरु सकरात्मक बन्नुस्, भन्दै विदशस्थित नेपालीप्रति व्यङे गरे ।
मन्त्री थापाले कला तथा लोक संस्कृतिको जर्गेना गर्नुपर्ने बताउंदै कलाकारिताको क्षेत्रबाट देशलाई योगदान दिन सकिने भएकाले लोक संस्कृतिको जर्गेना गर्नका लागि प्रदेश सरकार नीति नियम बनाउने बताए । कलाकारितामा प्रवेश गरेको विकृतिलाई हटाउनु पर्ने बताउंदै घरका सबै सदस्यसंगै बसेर हेर्न सकिने खालका गीत र नृत्य बनाउन कलाकारहरुलाई मन्त्री थापाले आग्रह गरे । 

उनले कलाकार भएकै कारण आफु मन्त्री भएको हु भन्दै भने कलाकार भएकै कारण मलाई चुनाव जित्न सजिलो भयो । कांगे्रसका नेतासमेत रहेका मन्त्री थापाले मैले सक्रिय राजनीति कहिलेसम्म गर्नु थाहा छैन, तर म सधै कलाकारितामा रहन्छु । निर्माताको रुपमा नौ वटा फिल्म बनाएको सुनाउंदै अर्को फिल्म बनाउने योजनामा रहेको मन्त्री थापाले बताए ।
राष्ट्यि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय उपाध्यक्ष सुवास केसीले लोक संस्कृति संरक्षण र सम्वद्र्दन गर्नुपर्ने बताउंदै कलाकारिताको क्षेत्रबाट देशलाई चिनाउन सकिने बताए । लोक कलाकारिता क्षेत्रमा देखिएका विकृति हटाउनु पर्ने र त्यसका लागि देश विदेशमा रहेका सबै कलाकारहरुले अनुशासित भएर आफ्नो कर्ममा लाग्न आग्रह गरे ।
प्रतिष्ठानका अध्यक्ष दिपु मगरले साधारण सभा तथा अधिवेशनबाट सर्वसम्वत रुपमा नयां नेतृत्व चयन गरिने र त्यसका लागि सबैसंग छलफल भैरहेको जानकारी गराए ।
कार्यक्रममा राष्ट्यि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष बद्री पंगेनी, प्रतिष्ठानका सल्लाहकार खेम हमाल, प्रतिष्ठानका लुम्बिनी प्रदेशका उपाध्यक्ष दामोदर बस्याल, बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष बसन्त ढकाल लगायतले बोल्दै कला संस्कृति देशको ठूलो सम्पति भएको बताउंदै संरक्षण गर्नुपर्नेमा जोड दिए ।
राष्ट्यि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनीका अध्यक्ष दिपु मगरको अध्यक्षता र सचिव योगराज पोखरेलको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न ५ विद्याबाट ५ जनलाई नगदसहित सम्मान गरिएको छ ।
लुमिबनी लोक संस्कृति पुरस्कारबाट दांगका डा. गोविन्द आचार्यलाई नगद १० हजार र प्रमाण पत्रले सम्मन गरिएको छ । अग्रज सष्ट विद्यामा पाल्पाका मदनलाल श्रेष्ठलाई ७ हजार ५ सय र प्रमाण पत्रबाट सम्मान गरिएको छ ।
त्यस्तै बाद्य्यबादक विद्यामा बुटवलका नारायण थापा, लोक पत्रकारिता पुरस्कारबाट बुटवलका पत्रकार यमलाल भुसाललाई र नव प्रतिभा पुरस्कारबाट बर्दियाका बिनोद केसीलाई समान ५ हजारसहित प्रमाण पत्रबाट सम्मान गरिएको हो ।
दुई दिनसम्म चल्ने साधारण सभा तथा अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ सय ६५ जना प्रतिनिधिहरुको सहभागिता रहेको छ । अधिवेशन आइतबार सकिने छ ।






















