रुपन्देहीमा प्राविधिक शिक्षाबारे बहस


बुटवल, जेठ ८ गते । रुपन्देहीमा सरोकारवालाहरको सहभागितामा प्राविधिक शिक्षाबारे बहस गरिएको छ ।
युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसीप २०८३’ आयोजना गरिएको हो ।

रुपन्देही उद्योग संघको आयोजना र सामाजिक विकास मन्त्रालय लुम्बिनीको समन्वयमा रुपन्देहीको तिलोत्तममा शुक्रबार आयोजना गरिएको यो कार्यक्र लुम्बिनी प्रदेशमै पहिलो भएको आयोजकहरुको दावी छ।
प्रदेशका १२ जिल्लाका सयौं बढी सीपमूलक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीसहित उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिसंगै कार्यक्रम गरिएको हो ।

लुम्बिनी सीप च्याम्पियनसिप कार्यक्रम अटो मेकानिकल, आईटी तथा होटल म्यानेमेन्टमा अध्ययन गर्ने विद्यार्थीहरुलाई फिल्डमै प्रतिस्पर्धा गराइएको थियो । त्यस्तै स्वदेशमा उत्पादन भएका विभिन्न उद्योगहरुले आफ्नो प्रदर्शनी गरेका थिए । दक्ष जनशक्ति उत्पादन, रोजगारी अवसर प्रवद्र्धन तथा स्वदेशमै सम्मानित रोजगारीको सिर्जना गर्ने लक्ष्य राखिएको यो कार्यक्रमलाई संचालनका लागि रुपन्देही उद्योग संघलाई इन्स्योर परियोजनाले साथ दिएको हो ।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले नेपाल सरकार र स्विटजरल्याण्ड सरकारबीचको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालित ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरणको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको अध्यक्ष पराजुलीले जानकारी गराए ।
उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको माग र बजारमा उपलब्ध जनशक्तिको सीपबिच असन्तुलनको अवस्था रहेको भन्दै यसबाट रोजगारदाता तथा रोजगारी खोजिरहेका युवाहरुबीच प्रभावकारी समन्वयको आवश्यकता रहेको अध्यष पराजुलीको भनाइ छ ।
राज्यको अंगका रूपमा नीजि क्षेत्र पनि भएकाले प्राविधिक क्षेत्रमा लगानी गरिएको बताउंदै अध्यक्ष पराजुलीले भने – दक्ष जनशक्ति बनाउने र नयाँपुस्तालाई प्रविधिमैत्री बनाउन यो परियोजनाले सीपमूलक शिक्षामा लगानी गरेको छ, पढ्दै काम गर्दै अघि बढाइएकोले निकै प्रभावकारी भएको छ । पहिले काम गरिरहेकोलाई दक्ष बनाइरहने आईटी, होटल म्यानेजमेन्ट र अटोमोबाइलमा खुला प्रतिसपर्धा छ ।
रुपन्देही उद्योग संघका कार्यकारी अधिकृत यादव भण्डारीले लुम्बिनी सीप च्याम्पियनसिप कार्यक्रममा सूचना प्रविधि, अटोमोबाइल इन्जिनियरिङ तथा होटल व्यवस्थापन विषयमा अध्ययनरत प्रशिक्षार्थीबीच सीप प्रतिस्पर्धा गराइएको बताए ।
प्रमुख कार्यकारी अधिकृत भण्डारीका अनुसार प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिमको वर्तमान अवस्था, चुनौती र अवसरसम्बन्धी विषयमा विज्ञहरूसँग प्यानल छलफल गरिएको हो ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिलसिनाले उद्योग, तालिम प्रदायक संस्था, प्राविधिक शिक्षालय, सरकारी निकाय तथा प्रशिक्षार्थीबीच सहकार्य र समन्वयलाई सुदृढ गर्दै सीप विकास संस्कृतिको प्रवद्र्धन गर्नुपर्ने बताए ।
सरकार, रोजगारदाता, तालिम प्रदायक संस्था र रोजगारी खोजिरहेका युवालाई एउटै मञ्चमा ल्याउनु तथा प्राविधिक शिक्षा र सीपमूलक तालिमप्रति युवाको आकर्षण अभिवृद्धि गर्ने कार्यक्रमलाई प्रदेश सरकारले साथ दिएको मन्त्री तिमिलसिनाले बताए ।
इन्स्योर प्रदेश प्रमुख अम्बिकाप्रसाद तिमिलसिनाले प्राविधिक शिक्षाले नयां पुस्तालाई जानकारी दिनुपर्ने र नीजि क्षेत्रलाई अग्रसरता बनाउनु पर्नेमा जोड दिए ।
क्यान रूपन्देही अध्यक्ष जीवन अधिकारीले विद्यार्थी र निजी क्षेत्रसँगै राखेर कार्यक्रम गर्दा धेरै प्रभावकारी भएको, कोर्ष करिकुलम नयाँ प्रविधिमा आधारित हुनुपर्ने बताउँदै आजको कार्यक्रमको नामअनुसार अत्यन्तै प्रभावकारी भएको बताए । रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष दिनेशराज रेग्मीले बताए ।
तिलोत्तमा ६ वडाध्यक्ष गणेश पाठकले विद्यार्थीले चाहनाअनुसारको विषय पढ्न नपाएकाले बाहिरिएकाले करिकुलम चेन्ज गर्न माग भएअनुसार सरकारले ध्यान दिनुपर्ने बताए ।
रुपन्देही उद्योग संघका आर्थिक सल्लाहकार लालहरि पाण्डेले संचालन गरेको यो कार्यक्रममा विज्ञ सदस्यका रुपमा सामाजिक विकास मन्त्रालय लुम्बिनीका सचिव दिवाकर भण्डारी, इन्स्योर परियोजनाका टीम लिडर रबिन्द्र बहादुर सिंह, सिटिइभिटी लुम्बिनी प्रदेश कार्यालय निर्देशक अच्युतराज तिमिल्सिना, ठाकुरबाबा नगरपालिका बर्दियाका उपप्रमुख बिनाकुमारी भट्टराई र रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली रहेका थिए ।
उनीहरुले आफ्नो क्षेत्रबाट प्राविधिक शिक्षाका लागि आफ्नो तर्फबाट समन्वय तथा पहल गर्ने प्रतिवद्धता जनाए थिए, भने कार्यक्रमको समापनमा प्रमुख अतिथि रहेका तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले गरेका थिए । त्यस अवसरमा बोल्दै नगर प्रमुख खांणले प्राविधिक शिक्षा आजको आवश्यक्ता भएको बताउंदे सीपलाइृ व्यबहारमा उर्तान आग्रह गरे ।
कार्यक्रममा होटल म्यानेजमेन्टबाट तिलोत्तमाको शान्ति नमुना स्कुलका विजयबहादुर बुढामगर, आइटीतर्फ लिलाराम मावि भैरहवाका सिद्धार्थ यादव, अटोमोबाइलतर्फ महाकवि देवकोटा माविका सन्तोष चौधरी प्रथम भई पुरस्कृत गरिउको छ ।
त्यसैगरी उत्कृष्ट उद्योगीतर्फ लोक शुशिला अठो कन्सर्न, पन्जकन्या ग्रुप, लिटमस इन्डष्ट्रीज, विश्राममबाटिका होटल, क्रिम हाइडल, भैरहव टेक्नोपार्क, आरम्भ निर्माण सेवा तथा उत्कृष्ट नतिजा ल्याउने विद्यालयतर्फ दुधधारी मावि कपिलवस्तु, पब्लिक माध्यमिक विद्यालय, कोरिया बहुप्राविधिक शिक्षालय, तुल्सीपुर सेन्टर मावि, भेरी प्राविधिक शिक्षालय पुरस्कत भएको प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए ।
यस्तै उत्कृष्ट अंक ल्याएर छात्रवृत्ति पाउने शान्तिनमुना माविका लक्ष्मी भण्डारी, शान्तिनमुना माविका आयुश कोहार, जनता माविका सन्दप धवल, मावि तुलसपिुर सेन्टरका सिमा रावत, कोरियानेपाल पालिटेक्निकल इन्टिच्युटका अमिश थारु सरस्वती मावि घोराही दाङका सलिना डाँगी पुरस्कृत गरिएको छ ।
कार्यक्रममा वृत्ति परामर्श सेवा, उद्योग तथा व्यवसायसम्बन्धी स्टल प्रदर्शनी, सीप विकास एकाइ तथा रोजगार सूचना केन्द्रले उपलब्ध गराउने सेवाबारे जानकारी प्रदान गरिएको थियो ।
एक दिने उक्त कार्यक्रममा उद्योगीहरुले आफूलाई आवश्यक कामदारको संख्या र सेवासुविधासहितको जानकारीसहित राखेका थिए । यो कार्यक्रममा विद्यार्थी, युवा, उद्योगी व्यवसायी, शिक्षालय, विद्यालय, अभिभावक तथा रोजगारदाताको ठूलो सहभागिता थियो ।























