शिक्षा क्षेत्रमा काम गर्दै आएको किवानिज क्लवको अध्यक्षमा भुसाल


श्यामलाल पोखरेल
बुटवल, मंसिर २० गते । आफ्नो स्थापना कालदेखि किवानिज क्लव अफ रुपन्देही लुम्बिनीले शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । कुनै पनि विदेशी र एनजिओ आइएनजीओको सहयोग बिना यो क्लवले शिक्षाको क्षेत्रमा काम गरिरहेको छ ।

क्लवले सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको हितमा काम गर्दै आएको किवानिज क्लव अफ रुपन्देही लुम्बिनीको आठौं साधारणसभा भएको छ । साधारण सभाबाट अध्यक्षमा गोबिन्द भुसाल चयन गरिएको छ । भुसाल सर्वसम्वत रुपमा क्लवको अध्यक्षमा चयन भएका हुन् ।
एक बर्षे कार्यकालका लागि निर्वाचित पदाधिकारी तथा सदस्यहरुको एक कार्यक्रमबीच पदस्थापन गरिएको छ । बर्ष २०२४÷०२५ का अध्यक्ष डा. अमित केसीले बर्ष २०२५÷२६ का अध्यक्ष गोबिन्द भुसाल र निवर्तमान कोषाध्यक्ष निरन्जन धितालले वर्तमान कोषाध्यक्ष रुस्तम कडेललाई पदस्थापन गराएका हुन् ।

पदस्थापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले विभिन्न क्लवहरुले गरेका सामाजिक गतिविधिका कारण तिलोत्तमा नगरको गरिमा बढेको बताउंदै क्लवहरुसंग सहकार्य गरेर काम गर्न नगरपालिका तयार रहेको बताए । नगर प्रमुख खांणले किवानिज क्लव अफ रुपन्देही लुम्बिनी स्कुल स्कुलहरुमा पुगेर विद्यार्थीका लागि सहयोग गरेर महत्वपूर्ण काम गरेको बताउंदै क्लवको प्रसंसा गरे ।
क्वलहरुको उद्देश्य हरेक माध्यमबाट समाजसेवा गर्नु रहेको र राजनीति कर्मी र जनप्रतिनिधिको उद्देश्य पनि समाजसेवा गर्नुरहेकाले समाजको विकासमा क्लवहरुको भूमिका महत्वपुर्ण रहेको बताए । नगर प्रमुख खांणले तिलोत्तमा नगरलाई अटिजम मुक्त बनाउने क्लवको अभियानमा नगरपालिकाको साथ र सहयोग रहने बताउदै तिलोत्तमालाई आशा, सम्भावना र अवसरका शहरकारुपमा विकासका लागि सहकार्य गर्न क्लवहरुलाई आग्रह गरे ।
कार्यक्रममा निवर्तमान अध्यक्ष डा. अमित के सीले एक बर्षको कार्यकालमा क्लवका सदस्यहरुबाट आर्थिक संकलन गरी तिलोत्तमा नगर क्षेत्रमा रहेका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीलाई खाद्यान्न, स्टेशनरीलगायतका शैक्षिक सामाग्री प्रदान गरिएको बताए । उनले आफ्नो कार्यकालमा सहयोग गर्ने क्लवका संस्थापक अध्यक्ष दिपेश शाही, पूर्व अध्यक्ष मनोज आचार्यसहित कार्यसमितिका पदाधिकारी र सस्यहरुलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेका छन् ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले क्लवको नवनिर्वाचित समितिको कार्यकाल र क्लवले अगाडि सारेका कार्यक्रम सफल बनाउन सस्थागत र ब्यक्तिगत रुपमा लाग्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा किवानिज क्लवका लुम्बिनी प्रदेश अध्यक्ष अमनमान श्रेष्ठले क्लवका निर्वाचित पदाधिकारी र सदस्यहरुलाई क्लवको उद्देश्य सहित पद तथा गोपनियताको सपथ ग्रहण गराउंदै सामाजिक क्षेत्रमा सेवामूलक कममा किवानिज क्लव रुपन्देही देशकै पहिलो क्लव रहेको बताए ।
क्वलका नव निर्वाचित अध्यक्ष गोबिन्द भुसालले क्लवका अग्रजहरुले गर्दै आइरहेको सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिदै तिलोत्तमालाई अटिजम मुक्त नगर बनाउने प्रतिवद्धता जनाएका छन् ।
क्वलका पूर्व अध्यक्ष सुरज पंगेनीले किवानिज क्लवले रुपन्देहीमा उदाहरणिय कार्य गर्दै आइरहेको र नवनिर्वाचित टिमलाई चुनौतीहरुलाई सामना गर्दै अवसर ग्रहण गरेर काम गर्न सुझाव दिए ।
कार्यक्रममा हरियाली पार्क तिलोत्तमाका अध्यक्ष दिपक पाठक, क्लवका द्वित्तिय उपाध्यक्ष इश्वरी पान्डे, अनुगमन समिति संयोजक रुस्तम कडेल, सहसचिव रोम गैरेलगायतले बोल्दै सामाजिक क्षेत्रमा क्रियाशिल क्लवले आगामी दिनमा शिक्षा क्षेत्रमा नयां ढंगले काम गर्नुपर्नेमा जोड दिए ।
क्लवका अध्यक्ष गोबिन्द भुसालले बिष्णु पौडेल र बसन्त गोदारलाई नयां सदस्यका रुपमा स्वागत गरिएको छ । क्लवका पूर्व अध्यक्ष तथा पदाधिकारी सदस्यहरु र वर्तमान कार्यसमितिका अध्यक्ष, पदाधिकारी र सदस्यहरुले व्यक्तिगत रुपमा आर्थिक संकलन गरेर सामूदायिक विदालयमा अध्ययनरत सयौं बढी विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु वितरण गर्ने गरेका छन् ।






















