कालिका मानवज्ञान माविको वार्षिकोत्सवमा खेल प्रतियोगिता


बुटवल, मंसिर २९ गते । शिक्षमा उत्कृष्ट रिजल्ट दिन सफल बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने भएको छ । विद्यालयले पुस २ गतेदेखि कार्यक्रम गरी वार्षिकोत्सव मकनाउने तयारी गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गरी ६५ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिने कार्यक्रमबारे जानकारी गराउंदै सबै कार्यक्रमहरुको तयारी पुरा भएको विद्यालयले जानकारी गराएको छ । खेलकुंद तथा जिल्लास्तरीय कालिका कप खेलकुंद प्रतियोगिता आयोजना गरिने विद्यालयको प्रध्यानाध्यापक दिनेश थापाले जानकारी गराएका छन् ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार पुष २ गतेदेखि कालिका मानवज्ञान माध्यमिक विद्यालय मा “जिल्लास्तरीय कालिका रनिङ शिल्ड” आयोजना हुने जानकारी दिए । “शिक्षा संगै खेल” भन्ने नाराका साथ कालिका रनिङ शिल्ड प्रतियोगिताको चौथो जिल्लास्तरीय कालिका कप खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको छ ।

किताबी ज्ञानसंगै विद्यार्थीका लागि शारीरिक अभ्यास तथा खेलकुद पनि आवश्यक पर्ने भएकाले खेलकुंदलाई प्राथमिकतामा राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले बताए ।
कालिका कप खेलकुद प्रतियोगिता–२०८२ मा भलिबल (छात्र÷छात्रा) र कबड्डी (छात्र÷छात्रा) जिल्ला स्तरिय प्रतियोगीता आयोजना हुने छ । जसमा भलिबल र कबड्डी बिजेता टिमलाई नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिने छ । प्रथम हुने समुहले नगद ३० हजार सहित नगद पुरस्कार, ट्रफी र मेडल प्राप्त गर्ने छन् । यस्तै द्धितिय हुने टिमले २० हजार नगद सहित नगद पुरस्कार, ट्रफी र मेडल र तृतिय टिमले नगद १० हजारसहित नगद पुरस्कार, ट्रफी र मेडल प्राप्त गर्ने विद्यालयले पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तै जिल्ला स्तरिय कालिका कप अन्र्तगतको कबड्डी प्रतियोगीतामा पनि सोही अनुसारको पुरस्कार व्यवस्थापन गरिएको छ । कालिका कपसहित बार्षिक उत्सव उद्घाटन कार्यक्रम कालिकानगरमा बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा हुदै छ । पुस १ गते जसमा खेलाडीहरुको मार्चपास, झाँकी, विद्यालयका करिब ६ हजार विद्यार्थीबाट पि.टी. प्रर्दशन गराइने छ ।
विद्यालयको ६५ औ बार्षिक उत्सवमा आज पुस १ गते गते ःजिल्ला स्तरीय कालिका कप २०८२ उद्घाटन, पुस २–५ गतेसम्म भलिबल तथा कबड्डी (छात्र÷छात्रा) प्रतियोगिता, पुस ा ४ गते स्व. शेरबहादुर गुरुङ्ग स्मृति अक्षयकोष जिल्ला स्तरीय कविता प्रतियोगिता, पुस ४ स्व. मन्दिरा गलामी स्मृति अक्षयकोष सिङ्गिङ आइडल प्रतियोगिता, पुस ६ गते विभिन्न शीर्षकका अक्षयकोषबाट छात्रवृत्ति पुरस्कार वितरण समारोह, विद्यार्थी सम्मान, पुस ६ गते अन्तर विद्यालय ५ हजार मिटर दौड प्रतियोगिता र पुस ७ मूल समारोह आयोजना गरिने छ ।
मुल समारोहमा विभिन्न साँस्कृतिक कार्यक्रमका साथै विज्ञान प्रविधि, ललित कला प्रदर्शनी, शिक्षक कर्मचारी पुरस्कार वितरण गरिने विद्यालयले जानकारी गराएको छ।
कालिका मानवज्ञान माध्यमिक विद्यालयले प्राज्ञिक तथा शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुद तथा अतिरिक्त क्रियाकलापमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदकहरु जितेको छ । “बाह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता” मा विभिन्न विधाहरु जस्तै कबड्डीमा राहुल अर्याल र दिपेश यादवले स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए ।
विद्यालयका पूर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले कालिका मानवज्ञान माविको शैक्षिक उन्नयनमा शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन र अभिभावको पहलका कारण विद्यालयले सबै विद्यामा उत्कृष्टता हासिल गर्दै आएको बताए ।
विभिन्न विद्याका खेल प्रतियोगितामा १३ सय २६ जना विद्यार्थीले भाग लिने विद्यालयले जानकारी गराएको छ । कालिका मानवज्ञान मावि खेल क्षेत्रमा पनि अगाडि छ ।























