पुस ३ देखि बुटवलमा सञ्चालन हुने औद्योगिक प्रदर्शनीको तयारी पुरा


बुटवल, पुस १ गते । सम्वृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार भन्ने मुख्य नाराका साथ बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना हुंदै छ ।

रुपन्देही उद्योग संघको आयोजनामा यही पुस ३ गतेदेखि १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी हुंदै छ । १७ गतेसम्म चल्ने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको मंगलबार प्रदर्शनीस्थलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।
सम्वृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार भन्ने मुख्य नारासहित आयोजना गरिएको प्रदर्शनीको उद्देश्य अर्थतन्त्रलाई चलायमान बनाउने र कृषि, पर्यटनलाई जोड्ने रहेको छ । बुटवलको रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन मात्रै स्टलहरुमा राखिने आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले पत्रकार सम्मेलनमा बताएका छन् ।

कृषि, प्रविधि तथा पर्यटनलाई पहिलो प्राथमिकतामा राखिएको उक्त प्रदर्शनीमा छिमेकी देश भारतको उत्ततर प्रदेशको गोरपुर, लखनउका उद्योगीहरुलाई आमन्त्रणा गरी नेपाल उद्योग परिसंघको आयोजनामा त्यहां पत्रकार सम्मेलन गरिएकोे संघका अध्यक्ष पराजुलीले बताए ।
प्रदर्शनीमा स्वदेशी उत्पादन, नयां प्रविधि, पर्यटन तथा कृषि उत्पादनसंग सम्बन्धित वस्तुहरुका लागि छुटछुट्ै १० वटा पेभिलियनका स्टलहरु राखिने छ । त्यस्तै औदोगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी, तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधि लगायतका ३ सय ५० स्टलहरु राखिएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तमिा उल्लेख गरिएको छ ।
प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रुपैयां बराबरको आर्थिक कारोावार हुने आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक कृष्ण पराजुलीले जानकारी गराए । प्रदर्शनी सफल बनाउन ६५ सदस्य रहेको मूल समिति, ५१ सदस्य विशेष सल्लाहकार समिति, २ सय ५१ सल्लाहकार समिति र विभिन्न ३० वटा उपसमिति गठन गरिएको रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष जप्वकान्त काफ्रलेले जानकारी गराए ।
उत्पादक र उपभोक्ताई एक आपसमा जोडेर हरेक प्रकारका स्वदेशी उत्पादनहरुको बजारीकरण गर्ने राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्देश्य रहेको बताउंदै अध्यक्ष पराजुलीले भने अहिले आर्थिक मन्दीको अवस्थालाई चलायमान बनाउने हाम्रो अर्को प्रमुख उद्देश्य हो । यसमा सबै क्षेत्रको साथ सहयोग र समर्थन आवश्यक छ ।
संघका अध्यक्ष कृष्ण पराजुलीका अनुसार महोत्सवको पूर्व सन्ध्यामा पुस २ गते विभिन्न भेषभुषा र झांकीसहित औद्योगिक र्याली निकालीले र ३ गते दिउंसो २ बजेर ठिक १६ मिनेटमा अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपाल पत्रकार महासंघको सहयोगमा फोटो प्रदर्शन गरिने छ । रुपन्देही क्षेत्रका पर्यटकीयस्थल, पुराना उद्योगहरु, पुरातात्विक महत्वका स्थलहरुका फोटाहरु प्रदर्शन गरिने नेपाल पत्रकार महासंघ रुपन्देहीले बताएको छ ।
प्रदर्शनी अवलोकनका लागि सर्वसाधारण नागरिकका लागि प्रतिव्यक्ती टिकल रु ७५, विद्यार्थीका लागि रु ५० र वृद्दवृद्दा, अपांगहरुलाई टिकट निःशुल्क गरिएको छ ।
उक्त प्रदर्शनीमा विभिन्न विद्यामा अन्तरक्रिया तथा गोष्ठीहरु ऋायोजना गरिने छ । त्यस्तै राष्टिय तथा स्थानीय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम दैनिक रुपमा सञ्चालन गरिने आयोजकहरुले जानकारी गराएका छन् ।























