बुटवलमा पुस ३ गतेदेखि १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी


बुटवल, पुस २ गते । बुटवलमा पुस ३ गतेदेखि १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव शुरु हुँदैछ । रुपन्देही उद्योग संघले आयोजना गरेको प्रदर्शनी १७ गतेसम्म सञ्चालन हुने छ ।
प्रदर्शनीको पूर्वसन्ध्यामा बुधबार बुवलमा औद्योगिक जनचेतना ¥याली निकालिएको छ । प्रदर्शनीस्थल बुटवल मण्डपबाट शुरु भएको ¥याली राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, चन्द्रनगर, सुख्खानगर हुँदै पुनः प्रदर्शनी स्थलमा पुगेर समापन गरिएको हो ।
¥यालीमा जातजाती, भेषभुषा, विद्यालय, धार्मिक, टोल विकास समिति, उद्योग गरी ५२ संघसंस्थाले सहभाािगता जनाएको रुपन्देही उद्योग संघले जानकारी गराएको छ। ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सञ्चालन हुने प्रदर्शनीको अर्थमन्त्री डा। रामेश्वर खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

विभिन्न प्रकृतिका ५ सय वटा स्टलहरु रहने प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले बताए ।
औद्योगिक जनचेतना ¥यालीका संयोजक थानेश्वर पाण्डेका अनुसार ¥यालीको समापनका अवसरमा ¥यालीमा सहभागीहरुलाई मुल्याकंनका आधारमा पुरस्कृत गरिएको थियो । नेवाः संस्कृति संरक्षण समाज प्रथम, क्षेत्री समाज जिल्ला कार्यसमिति नेपाल द्वितीय, कालिका मानवज्ञान मा।वि। तृतीय र नेपाल लोक भजन चुटकिला संरक्षण प्रतिष्ठान, ग्रिल स्टील तथा आल्मुनियम व्यवसायी संघ रुपन्देही तथा स्कलर्सहोम सेकेण्डरी बोर्डिडं स्कूल बुटवल सान्त्वना भएका थिए । ¥यालीमा सहभागी र पुरस्कृतहरुलाई कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रमाणपत्र वितरण गरेका थिए ।

म्ुल्याकंन समितिका संयोजक दिलिप सापकोटाले मुल्याकंन प्रतिवेदन सार्वजनिक गरेका थिए । मुल समितिका संयोजक कृष्ण पराजुलीको अध्यक्षता, सदस्यसचिव सुमन बस्यालको संचालन र औद्योगिक जनचेतना ¥यालीका संयोजक थानेश्वर पाण्डेको स्वागतमा कार्यक्रम भएको हो ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, उद्योग प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फलोरीकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका ५ सय स्टल रहेका प्रचार प्रसार संयोजक किरण खरेलले जानकारी गराए ।
प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगिता लगायतका प्रतियोगिताहरु आयोजना गरिने छ।
१५ दिनसम्म चल्ने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोलकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको रुपन्देही उद्योग संघका कार्यकारी प्रमुख यादव भण्डारीले जानकारी गराएका छन् ।
प्रदर्शनीमा सहभागि संघसंस्थाहरु
बुधबारको जनचेतना ¥यालीमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, मासु व्यवसायी संघ, खुद्रा किराना व्यवसायी संघ, रुपन्देही मिष्ठान्न तथा क्याटरिड्ड व्यवसायी संघ, रुपन्देही व्यापार संघ, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था, रोजगार क्षेत्री महिला पञ्चेबाजा समूह, राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान,लुम्विनी फोटोग्राफर संघ,छन्त्याल संघ,नविन औद्योगिक रिता कद्दरबहादुर मा।वि।,क्यानन् मा।वि।,कालिका माध्यमिक विद्यालय,स्कलर्स होम बोर्डिड्ड स्कूल, तमु छोज धीं, बुटवल नगरसमिति,ब्राम्हण समाज नेपाल,रुपन्देहीक्षत्री समाज नेपाल,बुटवल, क्षेत्री समाज नेपाल,रुपन्देही, लोक भजन तथा चुट्का संरक्षण प्रतिष्ठान, दिदी बहिनी बाजा समूह,फर्निचर उद्योग संघ, रुपन्देही, ग्रिल तथा स्टिल व्यवसायी संघ,रुपन्देही,चरड्डे नैमति पञ्चेबाजा समुह,कालिका आमा समुह,टोल बिकास संस्था,आमा समुह समन्यन समिति,रोटरी क्लव अफ बुटवल, नवजागरण टोल विकास संस्था सुुख्खानगर,धर्र्म कल््याण टोल विकास संस्था, बुटवल माध्यमिक बुटवल स्काउट, पश्चिमाञ्चल बस व्यवसायी संघ, टोल विकास संस्था समन्य, प्रगतीशिल भजन समुह, आमा समुह समन्वयन समिति, टोल विकास संस्था, समन्यन समिति, श्री रुपन्देही डेरी व्यवसायी संघ, विशेष डेरी उद्योग, मदिरा व्यवसायी संघ, प्रजापिता ब्रम्ह कुमारी इश्वरीय विश्व विद्यालय, नेवा संस्कृति संंरक्षण समाज, बुटवल, रानीबारी थारु सांस्कृतिक मयुर नाच मञ्च, रुपन्देही मिष्ठान्न तथा क्याटरिड्ड व्यवसायी संघ, रुपन्देही मिष्ठान्न तथा क्याटरिड्ड व्यवसायी संघ लगायतका संघसस्थाको सहभागिता रहेको थियो ।























