एमाले अध्यक्षको मतमा ओली अग्रस्थानमा

काठमाण्डौ, पुस ३ गते । नयां नेतृत्व चयनका लागि एमालेमा निर्वाचन सम्पन्न भएपछि मतगणना जारी छ । आज बिहानदेखि शुरु भएको मतगणनाको परिणाम अनुसार केपी शर्मा ओली अत्याधिक मतले अघि छन् । अध्यक्षका प्रत्यासी इश्वर पोखरेललाईपछि पार्दै ओली अगाडि छन् ।
अध्यक्षमा ओलीसहित ओली प्यानल नै अगाडि छ । इश्वरमा पोखरेल प्यानलका उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्राई भने अगाडि छन् ।
अध्यक्षमा केपी शर्मा ओलीले जित्ने निश्चित भैसकेको ओली पक्षका नेता तथा कार्यकर्ता दावी गरेका छन् । ओली पक्षमा नेता र कार्यकर्ताहरु केही छिनपछि काठमाण्डौमा विजयउत्सव मनाउ तयार िगरेको एमालेका एक नेताले नयां दिशालाई बताए ।

महासचिवमा सबैजसोले रुचाएका शुरेन्द्र पाण्डेपनि शंकर पोखरेल भन्दा पछाडी पर्दै गएको र थोरै मतले भएपनि महासचिवमा शंकर पोखरेल नै निर्वाचित हुने बताइृएको छ ।