भैरहवा कारागारबाट छुटेपछि रवि हिडे चितवन


बुटवल, पुस ४ गते । सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारगारबाट छुटेका छन् । रास्वपाका सभापति लामिछाने सहकारी प्रकरणको आरोपमा नख्खु कारागारमा जेल सजाए भोगिरहेका थिए । उनी आज पुस ४ गते शुक्रबार धरौटीमा थुनामुक्त भएका हुन् ।

उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेश अनुसार कानुनी रुपमा कागजी प्रक्रिया पूरा गरेर लामिछाने रुपन्देही जिल्ला कारगारबाट छुटेका हुन् । रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले उच्च अदालतको आदेश अनुसार केही सर्त र बैंक जमानतको कागज गरेर छोडिएको जानकारी गराए ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुस ३ गते बिहीबार बिगो बापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर रिहाका लागि आदेश दिएको थियो । धरौटीमा छोड्न आदेश दिएको थियो । शुक्रबार काठमाडौंबाट चितवनको भरतपुरसम्म हवाइमार्ग आएका रवि लामिछाने मौसम खरावका कारण भरतपुरबाट गाडीबाट भैरहवा आएका हुन् ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालतले सर्तसहित धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अदालतले धरौटी रकम रुजु गरेपछि छुट पुर्जी दिएपछि रवि लामिछाने रिहा भएका हुन् । भैरहवाबाट रिहा भएपछि उही गाडी प्रयोग गरेर सभापति लामिछाने शुक्रबार सांझ ६।४० मा चितवन हिडेको रास्वपाका नेता मधु अर्यालले मिसन टुडेलाई जानकारी गराए ।
रवि छुटेपछि रास्वपाका नेता, कार्यकर्ता र सुभचिन्तकहरुले हर्षित हुंदै रविको पक्षमा नारावाजी गर्दै खुशीयाली मनाएका थिए ।






















