सरकार संकटमा – भट्ट


कपिलवस्तु, पुस ४ गते । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सरकार संकटमा परेको बताएका छन् । राष्ट्रिय जनमोर्चाले शुक्रबार कपिलवस्तुमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव भट्टले जेनजी आन्दोलानलाई हाईजेक गरेर जेनजीहरूको रगत माथि साम्राज्यवादीको उद्देश्य पूरा गर्न बनेको असंवैधानिक शुसिला कार्की सरकार संकटमा परेको दाबी गरे ।

नेता भट्टले सुशीला कार्कीको सरकारले सरकारले जेनजीको माग र साम्राज्यवादीको माग पुरा गर्न नसकेका कारण यो सरकार संकटमा परेको बताए । उनले जेनजी र शक्ति केन्द्रहरूमा फाटो आएका कारण पनि सरकार असफल हुने दाबी गर्दै उनले भने भारत, अमेरिका, दरबारको चलखेल, ठूला दलहरूको अदुरदर्शिताका कारण देश गम्भीर संकटमा फस्दै गएको छ ।
उपयुक्त निकास चुनाव नै भएको बताउँदै अदालतमा संसद पुनस्र्थापनाको मुद्दा रहेको र संसद पुनस्र्थापना भए संविधान र गणतन्त्र बच्ने बताए ।
उक्त प्रशिक्षण कार्यक्रममा जेनजी आन्दोलन, रनयाँ पुस्ताबारे प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य सशी सापकोटाले जेनजी भनेर अखिल नेपाल युवक संघलाई बुझ्नु पर्ने बताए । नेपामा युवा विद्यार्थी अर्थात् जेनजी उमेर समूहले हरेक आन्दोलनमा अग्रणी भूमिका खेलेको इतिहासलाई प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार दधिराम आचार्य, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य हिमलाल बेल्बासेको आतिथ्यता रहेको थियो ।
राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासेको अध्यक्षता, जिल्ला सचिव केरसिंह अदैको सञ्चालन र नरबहादुर घर्तीको स्वागतमा कार्यक्रम भएको थियो ।























