पत्रकार कुलदीप न्यौपाने पुरस्कृत


दाङ, पुस ४ गते । दाङका क्रियाशील पत्रकार कुलदीप न्यौपाने पत्रकार महासंघ दाङ शाखाबाट वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२ बाट पुरस्कृत भएका छन् ।

फोटा पत्रकारितामा आफ्नै पहिचना बनाएका न्यौपाने प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय सदस्य र दाङ जिल्लाका अध्यक्ष हुन् ।
शुक्रबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र पे्रस काउन्सिलका अध्यक्ष डा. कुमार शर्माले पुरस्कृत तथा सम्मान गरेका हुन् ।
पत्रकार न्यौपानेलाई नेपाल पत्रकार महासंघ दाङको स्थापना दिवसका अवसरमा पुरस्कृत तथा सम्मान गरिएको हो ।
























