कारागारबाट छुटेका रवि लामिछाने पार्टी काममा सक्रिय


बुटवल, पुस ५ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजदेखि पार्टी काममा लाग्ने सो पार्टीले जनाएको छ । सभापति लामिछाने पार्टी काममा सक्रिउ भएका छन् । हिजो शुक्रबार रुपन्देहीको भैरहवा कारगारबाट धरौटीमा छुटेका सभापति लामिछाने आज चितवनमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुने रास्वपाका प्रवक्ता मनिष झांले बताएका छन् ।

प्रवक्ता झां का अनुसार सभापति लामिछाने आज चितवनको चौबिसकोटीमा हुने कार्यक्रममा बोल्ने छन् । उक्त कार्यक्रम सकिएपछि लामिछाने आजै नै काठमाडौं फर्किने कार्यक्रम रहेको छ । काठमाण्डौ फर्किएर जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्ने कार्यक्रम तय भएकोसमेत प्रवक्ता झांले बताएका छन् ।
रास्वपाले आफ्ना सभापति रविलाई भोली आइतबार दिउंसो पार्टी केन्द्रीय कार्यालय, बनस्थलीस्थित घण्टी घरमा स्वागत गर्ने कार्यक्रम रास्वपाले बताएको छ । लामिछाने उच्च अदालत बुटवलको आदेशमा शुक्रबार रकम बुझाएपछि सर्तसहित रिहा भएका हुन् ।
























