पत्रकार आचारसहिंता पालनका गर्न प्रेस काउन्सिलको आग्रह


बुटवल, पुस ५ गते । पत्रकार आचारसहिंता उलंघन भएको भन्दै प्रेस काउन्सिल नेपालले पत्रकारहरुलाई आचारसिंहता पूर्णरुपले पालना गर्न आग्रह गरेको छ । पत्रकार आचारसिंहता पालना नभएको बताउंदै पत्रकारहरुले आफ्नो पेशा मर्यादित र व्यवस्थित बनाउनका लागि पनि आचारसहिंता पालना गर्नुको अर्को विकल्प नभएको पे्रस काउन्सिका प्रतिनिधिहरुले बताएका छन् ।

नेपाल पत्रकार महासंघको संयोजन र प्रेस काउन्सिल नेपालको आयोजनामा शनिबार बुटवलमा आयोजित पत्रकार र पे्रस काउन्सिलवीच भएको छलफल कार्यक्रममा पे्रस काउन्सिलका प्रतिनिधिहरुले पत्रकारहरुलाई आचारसहिंता पालन गर्न आग्रह गरेका हुन् ।
उक्त छलफल कार्यक्रममा बोल्दै पे्रस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले नेपाल पत्रकार महासंघको सहभागीतामा बनेको पत्रकार आचारसहिंता देशका सबै पत्रकारहरुले आत्मसाथ गर्नुको विकल्प नरहेको बताए ।

पत्रकाािरता स्वच्छ, निष्पक्ष र मर्यादित हुनुपर्ने बताउंदै अध्यक्ष आचार्यले भने पत्रकारहरुको समस्या मैले बुझेको छु, पे्रस काउन्सिल तपाईहरुको साथमा छ भन्दै पत्रकारिता पेशाको मर्यादालाई उचो राख्नु पर्ने बताए । उनले म आफु कुनै दलको नभएर सबैको भएकाले सबै पत्रकारहरुलाई संरक्षण गर्नुपर्छ भन्ने विषयमा म दृढ छु उनले भने ।
प्रेस काउन्सिल नेपालका सदस्य शान्ताराम विडारीले पत्रकारिता क्षेत्रमा चुनौती बढेकाले आचारसिंहता पालनामा कडाई गरिएको बताए ।
प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत रामशरण बोहोराले आचारसहिंता उलंघनका २ सय ८० वटा उजुरी पे्रस काउन्सिलमा दर्ता भएको जानकारी गराए । उनले समाजै विघटन हुने गरी पत्रकारिता आचारसहिंता उलंघन भएको उल्लेख गर्दै आचारसहिंता उलंघन गर्नेहरुलाई गल्ती सच्चाएर आफ्नो पेशाप्रति जवाफदेही भएर काम गर्न सुझाब दिए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेलले पत्रकार आचारसहिंता उलंघन गर्नेहलई निरुत्साहित गर्नुपर्ने बताउंदै गल्ती गर्नेलाई छुट दिन नहुने बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईले पत्रकारिता पेशा संकटमा परेको बताउंदै पत्रकारितालाई मर्यादित बनाउनु पर्नेमा जोड दिए ।
पत्रकारिता पेशालाई मर्यादित तथा व्यवस्थित र विश्वासनीयता बनाउन सबैले पत्रकार आचारसहिंता पालना गर्नुपर्ने छलफलमा सभागी पत्रकारहरुले बताएका छन् ।
उनीहरुले बेथितिको रुपमा सामाजिक सञ्चालहरु गरिदा आचारसहिंता उलंघन भएको बताए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्राई, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, समाजवादी पे्रस संगठनका विनोद परियार, पत्रकार यमलाल भुसाल, बेलप्रसाद गौतम, बिक्रम खड्का, पत्रकार तथा अधिकारकर्मी रिमा विसी, श्रीराम ज्ञवाली, ललित पाण्डेलगायतले पत्रकारिता पेशालाई मर्यादित बनाउनु पर्ने बताउंदै पत्रकार आचासहिंताबारे पे्रस काउन्सिल नेपाल र पत्रकार महासंघलाई सुझाब दिएका थिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डको अध्यक्षता, उपाध्यक्ष विश्वास ढकालको स्वागत र सचिव सिपी खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।























