अर्घाखांचीमा ओभरलोड बोक्ने ट्रिपरलाई कारवाही


अनिल नेपाली
अर्घाखंची, पुस ८ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख सरोज केसीले आफै सडकमा खटिएर गोरूसिगे सन्धिखर्क सडक खण्ड अन्तर्गत लाहुरे बजारमा क्षमताभन्दा बढी लोड बोक्ने ट्रिपरलाई सडकमै कार्यबाही गरेका छन् ।

सडक दुर्घटना न्यूनिकरणका लागि चालक र सहचालकलाई प्रशिक्षण दिएका छन् । ट्राफिक प्रमुख केसीले ओभरलोड बोक्ने सवारी साधनले क्षमता भन्दा बढी सामान ढुवानी गर्दा सडक संरचनामा असर पुग्ने र दुर्घटनाको समभावन रहेकाले ओभरलोड समान नबोग्न आग्रह गरेका छन् ।
क्षमता भन्दा बढि बोक्ने चालक र सहचालकलाई अब कडा कार्यबाही गर्ने चेतावनी दिंदै सडकमा खटिएका केसीले ओभरलोड ढुंगा बोकेका १५ वटा ट्रिपरलाई कारवाही गर्दै आगमी दिनका लागि सचेत गराएका छन् ।

नियम बिपरित काम गर्ने जुनसुकै सवारी धनीका चालक र सहचालकलाई कार्यबाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख सरोज केसीले बताएका छन् ।





















