पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएश पदहस्तान्त्रण


बुटवल, पुस १३ गते । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीमा पदस्थापना गरिएको छ । एशोसिएशनको २० औं वार्षिक कसाधारण सभा तथा नवौ अधिवेशनबाट सर्वसम्बत रुपमा निर्वाचित अध्यक्ष हिमाल गैरे सहितको कार्यसमितिलाई पदास्थापना गरिएको हो ।
एक कार्यक्रमको आयोजना गरी अध्यक्ष, पदाधिकारी, सदस्यहरु, विन्नि जिल्लाका संयोजकहरु र लेखा समितिमा निर्वाचितहरुलाई पदहस्तानत्रण गरिएको हो । निर्वाचन आयुक्त खिमानन्द भट्राईले सफथ खुवाएका हुन् ।

एशोसिएशनको अध्यक्षमा हिमाल गैरे, बरिष्ठ उपाध्यक्ष हरिराम कसौधन, प्रथम उपाध्यक्ष रजनिशराज आचार्य, द्दितिय उपाध्यक्ष गोपालप्रसाद बस्याल, महासचिव डांसीराम अधिकारी, कोषाध्यक्ष बिशाल गैरे, सचिव लोकप्रसाद भुसाल, सह कोषाध्यक्ष अभिशेक भारी, सह सचिव घनश्यामप्रसाद कान्दु सर्वसम्बत भएका हुन् ।
त्यस्तै रुपन्देही संयोकमा सुनिल थापा, कपिलवस्तु संयोजक मोहमद् असलम खान, नवलपरासी संयोजक राजेशकुमार गुप्त, पाल्पा, स्यागंजा संयोजक ज्ञानप्रसाद भट्राई, गुल्मी, अर्घाखांची बाग्लुड र रुकुमपूर्पको संयोजमा डिलाराम न्यौपाने रहेका छन् ।
त्यस्तै कार्यसमित सदस्यमा दिनेशकुमार कसौधन, सुखराम बर्मा सोनार, विजयकुमार कसौधन, भरतजंग कुंर, दुर्गाप्रसाद चापागाई, टंकप्रसाद न्यौपाने, तिलकमणि अधिकारी, नवराज भट्राई, कम्पोटर पासी, बजेन्द्रकुमार कसौधन, चुडामणी न्यौपाने, बिजयकुमार बानिया सर्वसम्बत रुपमा निर्वाचित भएका थिए ।

नवनिर्वाचित अध्यक्ष हिमाल गैरेले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संस्था र व्यवसायीको हितमा काम गर्ने प्रतिवद्दता जनाउंदै व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन सबैसंग सहकार्य गरेर काम गर्ने बताए । 
पदस्थापना कार्यक्रममा बोल्दै नेपाल पेट्रोलियम डिलर्स एशोएिशनका केन्द्रिय अध्यक्ष लिलेन्द्र प्रधान र एशोएिसन लुम्बिनी प्रदेशका अध्यक्ष पे्रम न्यौपानेले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै व्यवसायीको हितमा काम गर्न आग्रह गरेका छन् ।





















