श्रीनगर एग्रीटेक इण्डष्ट्जिको साधारण सभाबाट विजयकुमार निर्वाचित


बुटवल, पुस २५ गते । श्रीनगर एग्रीटेक इण्डष्ट्जि लिमिटेडले कृषि क्षेत्रमा काम गर्दै आएको छ । २०६१ सालमा स्थापना भएको श्रीनगर एग्रीटेक इण्डष्ट्जि कुखुरा, गाई, भैसीको दाना र मासुप्रशोधन गर्दै आएको छ ।

लामो समयदेखि पव्लिक पार्टनरसिपमा काम गर्दै आएको श्रीनगर एग्रीटेक इण्डष्ट्जि लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार बुटवलमा सम्पन्न साधारण सभामा सञ्चालकहरुले समाजप्रति उत्तरदायी भएर काम गर्ने प्रतिवद्दता जनाएका छन् ।
उक्त साधारण सभामा बोल्दै श्रीनगर एग्रीटेक इण्डष्ट्जि लिमिटेडका अध्यक्ष रामकृष्ण कटुवालले कानुनी प्रक्रिया पुरा गरेर संस्थाको वार्षिक साधारणसभा गरिएको बताउंदै कम्पनीको वित्तिय तथा सञ्चालनको अवस्थामा अपेक्षित सफलता मिलेको बताए ।

देशको विद्यामान आर्थिक अवस्था महामारी भौगौलिक, राजनीतिक, उत्तार चढाव तथा बजारमा देखिएको अन्यौललता हुंदा पनि हाम्रो कम्पनीले अघिल्लो वर्ष यस आर्थिक वर्षका सबै वित्तिय सूचकहरुमा सुधार गरेको अध्यक्ष कटुवालको दावी छ ।
भविश्यमा दीगो कार्यसम्पादन, सञ्चालन गरी लगानीकर्ता शेयर सदस्यहरुका लागि लाभ सुनिश्चिता गर्न आवश्यक प्रक्रिया, प्रणाली सूचना प्रविधि र दक्ष जनशक्तिका साथ काम गरेर कम्पनीलाई बलियो बनाउने बताए । 
श्रीनगर एग्रीटेक इण्डष्ट्जि लिमिटेका प्रवन्धक सञ्चालक सतिसचन्द्र श्रेष्ठले श्रीनगर एग्रीटेक इण्डष्ट्जि उत्पादन नेपालभर पुराउनने र बजारीकरणलाई थप व्यवस्थित गरेर समाजप्रति कृषिको क्षेत्रमा अब्बल सावित हुने प्रतिवद्दता जनाएका छन् ।
साधारणसभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा वरिष्ठ अधिवक्ता विजयकुमार प्रधानलाई निर्विरोध निर्वाचित गरेको छ। त्यस्तै गत आर्थिक वर्षमा भएका सञ्चालक समितिका निर्णयहरु अनुमोदन गर्ने निर्णय भएको अध्यक्ष रामकृष्ण कटुवालले जानकारी गराए ।
साधारण सभाबाट सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन र लेखा समितिको नाफा नोक्सान, हिसाव नगद प्रवाह विवरण र सोसंग सम्बन्धित प्रतिवेदन पास गरिएको सञ्चालक सतिसचन्द्र श्रेष्ठले जानकारी गराए ।
लिमिटेडका अध्यक्ष रामकृष्ण कटुवाललको अध्यक्षता र भरतकुमार घिमिरेको सञ्चालनमा वार्षिक कसाधारण सभा सम्पन्न भएको थियो ।





















