होराइजन गौतमबुद्ध माध्यमिक स्कुलमा खेल सप्ताह

बुटवल, पुस २५ गते । होराइजन गौतमबुद्ध माध्यमिक स्कुलले तिलोत्तमाले खेल सप्ताह सञ्चालन गरेको छ । शिक्षामा अब्बलता हासिल गर्दै आएको स्कुलले शुक्रबार खेल सप्ताह शुभारम्भ गरेको छ ।

खेल सप्ताहको स्कुल सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र कसजु, स्कुलका प्राचार्य गोपालप्रसाद आचार्य, उपप्राचार्य वासुदेव अर्याल, इन्द्रप्रसाद भुसाल लगायतले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

खेल सप्ताहमा भलिवल, फुटवबल, दौड, म्याराथन, बास्केटवल, हाइजम लम्जजंग लगायत सबै प्रकारका खेलहरु खेलाइने शुक्रबार पत्रकार सम्मेलन गरी स्कुलका प्राचार्य गोपालप्रसाद आचार्यले जानकारी गराए । खेल सप्ताह अन्तरगत हुने विभिन्न खेल प्रतियोगितामा ७० प्रतिशत विद्यार्थीले भाग लिनेसमेत प्राचार्य आचार्यले बताए ।

पुस २५ गतेबाट शुरु भएको खेल सप्ताह २८ गतेसम्म चल्ने छ । त्यस्तै २९ गते स्कुलमा खेल सप्ताहमा सम्पन्न भएका प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिने र सोही दिन विद्यार्थीले खाना महोत्सवको आयोजना गर्नेसमेत पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । खाना महोत्सवमा विद्यार्थीले १२ वटा स्कुल राख्ने छन् ।

अन्तिम दिन पुस ३० गते मुल समारोहमा क्षितिजका नामक गौतमबुद्ध नाम स्मारिकाको प्रकाशन र विमोचन गरिनुका साथै ४ जीपीए प्राप्त विद्यार्थीलाई स्वर्ण पदक पुरस्कार तथा शिक्षक विद्यार्थी अभिभावकलाइ सम्मान गरिने शिक्षक कृष्ण पाण्डेले जानकारी गराए ।

२०६९ सालमा विधिबत रुपमा होराइजन गौतमबुद्ध माध्यमिक स्कुलको नामबाट सुरु भएको स्कुलले छोटो समयमा नै ठूलो सफलता प्राप्त गरेको सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले बताए । अध्यक्ष कसजुले सरकारको लगानीमा भन्दा कम खर्चमा विद्यार्थीलाई पढाईएको बताउंदै सरकारको विभेदकारी नीतिका कारण नीजि क्षेत्रको लगानीबाट चलेका स्कुलहरु मारमा परेको बताए ।

कक्षा १० सम्म २३ सय र कक्षा ११ र १२ मा गरी १३ सय विद्यार्थीले अहिले अध्ययरत छन् । विद्यार्थी संख्याको २० प्रतिशत अर्थात विद्यार्थीलाई फुल छात्रावृत्तिमा पढाईएको अध्यक्ष कसजुले जानकारी गराए ।

त्यस्तै होराइजन अन्तरगत स्कुलहरुमा अध्यापन गराउंने ७ जान शिक्षकले विद्यावारधी गरेका छन्, चने ११ जना शिक्षकले एमफिएल पास गरेको स्कुलले बताएको छ । विद्यावारधी र एमफिएल अध्ययनका लागि स्कुलले फुल तलव दिएर पढाएको स्कुलका प्राचार्य गोपालप्रसाद आचार्यले जानकारी गराए ।

स्कुल सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुको अध्यक्षता र शिक्षक कृष्ण पाण्डेको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।