संघीयताले प्रधानपञ्च जन्मायो – सभामुख घर्ती
उद्यान महासंघ अध्यक्षमा पुनः खेमप्रसाद लुइटेल निर्वाचित


बुटवल, पुस २६ गते । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयताले देशमा प्रधानपञ्च जन्माएको बताएका छन् । आफु संघीयता बिरोधी नभएपनि संघीयताले अफठ्यारो पारेको स्वीकार गर्दै संघीयता समस्याको रुपमा देखिएको बताए ।

नेपाल उद्यान महासंघको रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रमा आयोजित प्रथम साधारण सभा तथा अधिवेशनमा बोल्दै संघीयताको मर्म अनुसार काम नभएको बताए । सभामुख घर्तीले राम्रो काम गर्नका लागि ऐनहरुले नदिने बताउंदै लुम्बिनीमा आफ्नै पालमा उद्यान ऐन बनाउने प्रतिवद्दता जनाए ।
उद्यानलाई राज्यले प्राथमिकता नदिएको र उद्यानको विषय संसदमा प्रवेश नगरेको बताउंदै कानुनी जटिलता अन्त्य गरी संघीय वन ऐन नयां ढंगले ल्याउनु पर्नेमा जोड दिए । सभामुख घर्तीले लुम्बिनी प्रदेशले बनाउको वन ऐन लुम्बिनी प्रदेशकै लागि घाडो भएको बताउंदै कर्मचारीहरुको प्रतिबन्दात्मक बाक्यंसहरुले कानुनी जटिलाता बढेको भन्दै कर्मचारीतन्त्र हावी हुंदा जनप्रतिनिधिहरुलाई काम गर्न समस्या भएको गुनासो गरे ।

वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले संघीय ऐन र प्रदेशका ऐनहरुबीच तालमेल हुन नसक्दा काम गर्न समस्या भैरहेको बताए । उनले संघीय सरकारका ऐन कानुनहरु संशोधन गरेर प्रदेश र स्थानीय तहहरुलाई काम गर्ने अधिकार दिनुपर्ने बताए ।
उनले देशको आर्थिक सम्वृद्दिसंग जोडिएको पर्यटनलाई अगाडी बढाउन उद्यानहरको विकास र विस्तार गर्नुपर्ने बताउंदै त्यसका लागि नयां उद्यान ऐन बनाउनुको अर्को विकल्प नभएको दावी गरे ।
संविधानसभा सदस्य नेत्र पन्थीले नेपालको वन ऐन व्यवहारिक नहुंदा नेपालीले विदेशी काठ प्रयोग गर्नुपरेको उल्लेख गर्दै वन ऐन बाधक बन्दा उद्यानहरुको विकास र विस्तार हुन नसक्दा समग्रमा पर्यकीय क्षेत्रको विकास हुन नसको बताए । उनले वन ऐन संशोधन गरेर उद्यान ऐन ल्याउन राज्यसलाई सुझाव दिए ।
महासंघका अध्यक्ष खेमप्रसाद लुइटेलको अध्यक्षता र महासचिव बेलप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको नेपाल उद्यान महासंघको प्रथम साधारणसभा तथा अधिवेशनमा देशभरका उद्यानपार्क तथा समितिका प्रतिनिधिहरुको सहभाािगता थियो । 
दुई दिनसम्म चलेको महासंघको प्रथम साधारण सभा तथा अधिवेशनले पुन खेमप्रसाद लुइटेल अध्यक्ष रहेको नयां नेतृत्व चयन गरेको छ । रघुनाथ खनाल र दलबहादुर गुरुगं उपाध्यक्ष रहेको २३ सदस्यीय रहेको महासंघको कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक युवराज घिमिरेले जानकारी गराए । 
नवनिर्वाचित अध्यक्ष खेमप्रसाद लुइटेलले देशभर रहेका उद्यानहरुको विकास, विस्तारका लागि सबैसंग सहकार्य गरेर काम गर्ने प्रतिबद्दता जनाउंदै उद्यान ऐन बनाउन तीनै तहका सरकारलाई बवाव दिने बताएका छन् ।





















