मनोजको स्मृतिमा शोकसभा


घोराही, पुस २९ गते । राष्ट्रिय जनमोर्चा दाङले स्व. मनोज खनालको स्मृतिमा श्रद्धाञ्जली सभा गरेको छ । राजमो घोराही नगर समितिका अध्यक्ष मनिराम खनालका कान्छा छोरा मनोजको स्मृतिमा शोकसभा आयोजना गरी श्रदाञ्जली अर्पण गरिएको हो ।
२०५९ मङ्सिर २१ गते जन्मनुभएका मनोजको गत २०८२ पुस १५ गते सडक दुर्घटनामा निधन भएको थियो ।

शोकसभामा राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल प्रगतिशील लेखक संघ लुम्बिनीका उपाध्यक्ष सुरेशकुमार पाण्डे, वडा नं. १७ का वडाध्यक्ष रामलौटन चौधरी, अखिल नेपाल युवक संघका पूर्वकेन्द्रीय अध्यक्ष काशीनाथ पोखरेल, अखिल नेपाल कानुन व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष तथा दाङ जिल्ला बार एकाइका उपाध्यक्ष नुमानन्द आचार्य, अखिल नेपाल शिक्षक संघका पूर्व जिल्ला सल्लाहकार भीमप्रसाद बेलबासे र पण्डित दामोदर सुवेदीले शोक मन्तव्य राखेका थिए ।


शोकसभामा राजमो केन्द्रीय सदस्य कमला जिसी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सचिव रामबहादुर जिएम, शिक्षक संघका केन्द्रीय सदस्य उमकला खनाल, अखिल नेपाल किसान महासंघका लुम्बिनी प्रदेश सदस्य खिमानन्द खनाल, राजमो दाङका सहसचिव कृष्णा राना, जिल्ला सदस्य मेघराज भट्टराई, कानुन व्यवसायी संघक दाङका अध्यक्ष उत्तम भण्डारी, अखिल नेपाल महिला संघकी जिल्ला सदस्य हीरा खनाल, एमाले दाङका दीनमणि आचार्य र जनप्रिय टोल विकास संस्थाका अध्यक्ष विष्णु जिसीसँगै परिवारका सदस्यको उपस्थिति रहेको थियो ।
मनोजका बुबा मनिराम खनालको अध्यक्षतामा भएको उक्त शामेकसभाको झबिन्द्र .खनालले सञ्चालन गरेका थिए ।





















