सुनचादी व्यवसायीका समस्या सम्बोधन गर्न सरकारसंग माग


बुटवल, पुस २९ गते । सुनचादीमा भएको मुल्यबृद्धि र सरकारको कमजोर नीतिका कारण सुनचादी व्यवसायमा मारमा परेको व्यवसायीले गुनासो गरेका छन् । व्यवसायमा एकपछि अर्को समस्या थपिदै जांदा विस्थापित हुनुपर्ने अवस्था आएको सुनचांदी व्यवसायीले बताए ।
सुनचादी ब्यवसायी संघ रुपन्देहीको सोमबार बुटवलमा आयोजित छैठौ वार्षिक साधारण सभामा बोल्ने व्यवसायीले अर्को बिकल्प खोजनुपर्ने बाध्यता सिर्जना भएको बताए ।

देशको अस्थिर राजनीति, विश्वबजारमा सुनको मुल्यवृद्घि, भ्याट र २ प्रतिशत विलासिता कर, महंगो घरभाडा, अस्वस्थ्य प्रतिष्पर्दा, कामदारको अभावका ासाथै आर्थिक मन्दीले सुनचांदी व्यवसायी पलायनको बाटोमा पुगेको गुनासो गरे । उनीहरुले सुनचादी वयवसायीका विषयमा तीनै तहका सरकारलाई गम्भीर भैदिन आग्रह गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै नेपाल सुनचादी ब्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष धुवकुमार गहतराजले व्यवसायीका समस्या जटिल बन्दै गएको बताउंदै महासंघले व्यवसायीका समस्या उठान गरेपनि राज्य पक्षले कुनै वास्ता नगरेको बताए ।

उनले अहिले राज्यबाट फरक ढंगले अनुगमन गरिरहेको बताउदै अनुगमनकै आधारमा कर तोक्दा समस्या आएको बताउंदै अध्यक्ष गहतराजले भने परम्परागत हुंदै आएको कारोबारलाई जोडेर संचालक र परिवारको खाता हेर्ने जस्ता काम भएको छ ।
अध्यक्ष गहतराजले माघ १ गतेबाट ५ लाख भन्दा बढिको बिल नहुने जस्ता सरकारबाट लगाईएको बन्देजले ब्यवसाय गर्न नसकिने बताउंदै सुनचांदी वयवसायीका समस्या झन जटिल बन्दै गएकाले यस विषयमा गम्भीर बन्न सरकारलाई आग्रह गरे ।
सुनचांदी व्यवसायी महासंघका केन्द्रिय सदस्य अध्यक्ष दिपककुमार विश्वकर्माले सुन ब्यवसायीका समस्या सरकारलाई थाहा भएपनि कुनै सुनुवाई नगरेको गुनासो गर्दै अब कठिन आन्दोलनको बाटो अपनाउनु पर्ने बाध्यता देखिएको बताए ।
संस्थाका बुटवल अध्यक्ष गकुल विश्वकर्माले आफुले आफुले व्यवसायीका समस्यालाई प्राथमिकतामा राखेर काम गरेको बताए । वार्षिक प्रगतिविवरण प्रस्तुत गर्दै अध्यक्ष विश्वकर्माले व्यवसाय गर्दै गर्दा समस्यामा परेका ब्यवसायीलाई सहयोग गरिएको र सामाजिक उत्तरदायित्व अन्तरगत खेल गतिविधि, राहतकोषबाट सहयोग गरिएको जानकारी गराए ।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य चेतनारायण विश्वकर्मा, पूर्व केन्द्रिय उपाध्यक्ष जोगलाल बिक, पूर्व केन्द्रीय सदस्य एमवी विश्वकर्मा, प्रदेश उपाध्यक्ष हरिबहादुर सुनार, किशोरकुमार सुनार, सिताराम रसाइली, महिला समिति अध्यक्ष किरण विश्वकर्मा, तिलोत्तमा आभूषण संघका सचिव कृष्णबहानुर सुनार, कृष्णबहादुर सुनार, चुरामणी बिक लगायतले बोल्दै सुनचांदी व्यवसायीका समस्या सम्बोधन गर्न सरकारसंग माग गरेका छन् ।
उनीहरुले व्यवसायी विस्थापित नहुंदै सुनचादी व्यवसायीका समस्याप्रति गम्भीर बन्न राज्यपक्षलाई आग्रह गरे ।





















