एमालेमा चर्को विवाद, योगेसकोे नोट अफ डिसेन्ट


बुटवल, माघ ४ गते । एमालेमा टिकट वितरणको विषयमा चर्को विवाद उत्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेको भन्दै विवाद उत्कर्षमा पुगेको हो ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टीको टिकट वितरणको निर्णयमा असहमति जनाएका उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालयमा नोट अफ डिसेन्ट दर्ता गराई सकेका छन् ।
एमाले सचिवालय बैठकले देशका १४० क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको थियो । जसमा असहमति जनाउँदै उपमहासचिव भट्टराईले नोट अफ डिसेन्ट लेखेको एमाले नेताहरुले बताएका छन् ।

महाधिवेशनमा ओली प्यानलको विपक्षमा उठेका नेताहरुलाई अध्यक्ष ओलीले टिकट नदिएपछि त्यसविरुद्द नोट अफ डिसेन्ट लेखिएको उपमहासचिव योगेश भट्टराईले बताएका छन् ।





















