निर्णय सच्चाउन एमाले बाध्य, रुपन्देहीबाटै उठने भए विष्णु पौडल

बुटवल, माघ ४ गते । नेकपा एमालेको केन्द्रको निर्णयलाई रुपन्देहीका एमालेले उल्टाइदिएका छन् । एमालेका उपाध्यक्षसमेत रहेका विष्णुप्रसाद पौडेललाई एमालेको केन्द्रले पाल्पाको २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभामा उठ्नका लागि निर्णय गरेको थियो ।

पौडेले रुपन्देही क्षेत्र नम्बर २ छोडेर पाल्पा क्षेत्र नम्बर २ मा जाने पार्टीको निर्णयविरुद्द रुपन्देहीका एमालेहरुले सामाजिक सञ्जालबाट केन्द्रको निर्णयको चर्को बिरोध गरेका थिए । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट दिएको थियो । तर रुपन्देहीमा पार्टीको केन्द्रको चर्को विरोध भएपछि पार्टीको निर्णय सच्चाईएको एमाले लुम्बिनी प्रदेश इन्चार्ज तथा सचिव पद्या अर्यालले बताइन ।

पार्टीको निर्णय गलत भएको भन्दै आइतबार एमाले रुपन्देही क्षेत्र नम्बर २ को बैकठले विष्णु पौडेललाई पाल्पा पठाउने निर्णय तत्काल सच्चाउन माग गर्दै रुपन्देही क्षेत्र नम्बर २ को टिकट दिन माग गरेपछि एमालेले निर्णय सच्चाएको हो ।

विष्णु पौडेललाई रुपन्देही–२ बाट चुनाव लड्न पार्टीसंग माग गरेपछि माग पुरा भएको एमाले रुपन्देहीका नेताहरुले बताएका छन् । रुपन्देही क्षेत्र नम्बर विष्णुप्रसाद पौडेलको उम्मेदवारी निश्चित भएपछि एमालेले रुपन्देहीका पांचवटै क्षेत्रमा उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
रुपन्देही–१ दधिराम न्यौपाने, रुपन्देही–२ विष्णुप्रसाद पाडैल, रुपन्देही–३ मा बासुदेव घिमिरे, रुपन्देही–४ मा सुनिता थथेर र रुपन्देही–५ मा खिमलाल भट्टराई उम्मेदवार बनेका छन् ।

विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने निश्चित भएपछि पाल्पा क्षेत्र नम्बर –२ को उम्मेदवार एमालले सार्वजनिक गरेको छैन । तर ठाकुर गैरेको नाम अगाडी रहेको पाल्पा एमालेका नेताहरुले बताएका छन् ।