भ्रष्टाचारमुक्त, सुशासन र संविधान रक्षाका लागि उम्मेदवारी – विश्वदीप

बुटवल, माघ ५ गते । नेपाली कम्युनिष्ट पार्टीले रुपन्देही क्षेत्र नम्बर २ बाट विश्वदीप पाण्डे शुवासलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीले टिकट दिने निर्णगरेपछि विश्वदीप पाण्डे शुवासले सोमबार बुटवलमा पत्रकारहरुसंग घेटघाट गरेका छन् ।

उनले जेनजी पुस्ताका मागलाई सम्बोधन गर्ने गरी रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिउको बताएका छन् । उनले गत घदौ २३ र २४ गते जेनजी पुस्ताले उठाएका जायज मागहरु सम्बोधन गर्ने जेनजी पुस्ताको मागअनुसार काम गर्ने प्रतिबद्दताका साथ पार्टीले उम्म्ेदवार बनाएको बताए ।

उनले भ्रष्टाचारमुक्त समाज निर्माण गर्न, समाजमा सुशासन, कायम गर्न, अनियमितता, अराजकताको अन्त्य र संविधानको रक्षाका लागि आफ्नो उम्मेदवार रहेको बताउंदै रुपन्देही २ का जनतालाई मत दिन आग्रह गरेका छन् ।