प्रलोपाबाट रुपन्देही–२ मा नारायण नागिला


बुटवल, माघ ५ गते । प्रगतिशील लोकतान्त्रिक पार्टीले रुपन्देही–२ बाट नारायण नागिला उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रगतिशील लोकतान्त्रिक पार्र्टीका रुपन्देही इन्चार्ज पंकज राईले नागिलालाई रुपन्देही–२ बाट उम्मेदवार बनाउने निर्णय गरिएको जानकारी गराएका छन् ।
तत्कालिन माओवादी पृष्ठभूमिका नारायण नागिला केही वर्ष यतादेखि माओवादी परित्याग गरी नागरिक समाजमा सक्रिय थिए । पूर्व तनहुका नागिला बुटवल आदर्श नगरका स्थायीवासी हुन् ।

पूर्व शिक्षकसमेत रहेका नागलिा शिक्षक पेशा छोडेर माओवादी राजनीतिमा सक्रिय भएका थिए । उनी माओवादी युद्दकालमा शिक्षकको जागिर छाडेर राजनीतिमा सक्रिय भएका थिए।
उनी अखिल क्रान्तिकारीका पूर्व नेतासमेत हुन्। उनी अखिल क्रान्तिकारी बुटवल बहुमुखि क्याम्पसका इकाई अध्यक्षसमेत भएका थिए । नागलिा पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टीका सक्रिय बनेका छन् ।

भ्रष्टाचारमुक्त समाज निर्माण सुशासन कायम गर्न र नागरिकलाई हरेक सेवासुवधा र डेलिभरी दिनका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् ।
नागिला बुटवलका विभन्न सामाजिक संघसस्था सक्रिय उनी रुपन्देहीको सबै क्षेत्रसंग परिचत छन् ।






















