कपिलवस्तुका ३ वटै क्षेत्रमा राजमोका भाट, पोखरेल र अदैले दिए उम्मेदवारी

कपिलवस्त, माघ ६ गते । राष्ट्रिय जनमोर्चाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कपिलवस्तुका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट माधवभाट क्षेत्री, क्षेत्र नं. २ बाट लक्ष्मी पोखरेल र क्षेत्र नं. ३ बाट केयरसिंह अदैले निर्वाचन आयोगमा मनोनयन दर्ता गरेका छन् ।

कपिलवस्तुमा लामो समयदेखि राजनीतिक तथा सामाजिक आन्दोलनमा सक्रिय रहँदै आएका भाट, पोखरेल र अदै जिल्लामा इमानदार, निष्ठावान र जनमुखी नेताका रूपमा परिचित छन् ।