रुपन्देही व्यापार संघले मनायो अन्तर्राष्ट्रिय भन्सार दिवस


बुटवल, माघ ८ गते । रुपन्देही व्यापार संघले बिहीबार बुटवलमा अन्तरक्रियाको आयोजना गरी ७४ औं अन्तर्राष्ट्रिय भन्सार दिवस मनाएको छ । संघले आफ्नै कार्यालयमा उद्योगी व्यवसायी, भन्सार कार्यालयका बेलहिया भन्सारका कार्यालयका प्रमुख र कर्मचारीहरुको सहभागितामा भन्सास दिवस मनाएको हो ।

सोही अन्तरक्रियामा बोल्ने उद्योगी व्यवसायीले भन्सार ऐन र कार्यविधि परिवर्तन गर्न राज्यसंग माग गरेका छन् । संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षता र महासचिव प्रकाश पौडेलको सञ्चालनमा अन्तरक्रिया भएको हो ।
भन्सार कार्यालय व्यबहारिक नभएको गुनासो गर्दै उनीहरुले भन्सार कार्यालयका कर्मचारीहरुले भन्सार ऐन र कार्यविधिको दोहोरो अर्थ लगाएर दुख्ख दिने गरेको गुनासो गरे । भन्सार कार्यालयले भन्सारमा आएको समान दिन ढिलाई गर्दिदा ठूलो समस्या भोग्नु परेको दुखेसो पोख्दै उनीहरुले भन्सार कार्यालयलाई पारदर्शी र समय सापेक्ष अनुसार सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
खुल्ला सीमाना बन्द नहुंदा ठूलो समस्या झेल्नु परेकाले खुल्ला सीमाना बन्द गर्नका लागि सम्बन्धित देशसंग कुटनीतिक पहल गर्न उद्योगी व्यवसायीले राज्यलाई सुझाब दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष शंकर भट्राईले भन्सार कार्यालयलाई ब्यवहारिक बन्नुपर्ने बताउंदै छिटो छरितो काम गर्न र ब्यवहारिक बन्न भन्सार कार्यालयलाई सुझाब दिए ।
भन्सार विना राज्य नचल्ने र व्यवसायी विना अर्थतन्त्र नचल्ने भएकाले सहकार्य र सम्बादको माध्यमबाट अगाडि बढ्नु पर्नेमा जोड दिए । व्यवसायी र भन्सार कार्यालयवबीच सहकार्य र सम्वाद हुनुपर्ने बताउंदै भन्सार शुल्क ल्याएर समान दिन ढिलाई गर्ने कामको अन्त्य गर्न आग्रह गरेका छन् ।
बेलहिया भन्सार कार्यालय भैरहवाका प्रमुख हरिहर पौडेलले भन्सार कार्यालयले उद्योगी व्यवसायीको पक्षमा काम गरेको दाबी गर्दै भन्सार कार्यालयका कारण समस्या परेमा आफुलाई जानकारी गराउन आग्रह गरे । भन्सार कार्यालयका कामकारबाहीबारे जानकारी गराउंदै भन्सार कार्यालय प्रमुख पौडेलले प्रहरी प्रशासन, बैंक र अन्य विभागले समस्या पार्दा उद्योगी व्यवसायीले भन्सार कार्यालयलाई दोष दिन नपाइने बताए । भन्सार कार्यालयले एलसीमा व्यवसायीको सुरक्षा चाहेको उल्लेख गर्दै कार्यालय प्रमुख पौडेलले भने भन्सार कार्यालयले कुनैपनि समान रोक्दैन ।
रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले उद्योगी व्यवसायीका समस्या बुझेर सहज रुपमा मालसमान भन्सार गर्दिनका लागि भन्सार कार्यालयलाई आग्रह गरेका छन् । अध्यक्ष ढकालले व्यवसायीले भन्सार शुल्क तिरेपछि समान समयमै उपलब्ध गराईदिन माग गरे ।
संघका वरिष्ठ उपाध्यक्ष दयानिधी भण्डारीले भन्सार ऐन र कार्यविधि नै बाधक रहेको बताउंदै समयको माग अनुसार परिवर्तन गर्नुकाने अर्को विकल्प नभएको बताए ।
कार्यक्रममा व्यवसायी शालिकराम घिमिरे, शंकर ज्ञवाली, पे्रम पाण्डे, तेजेन्द्र सापकोटा लगायतका व्यवसायीले प्रति किलो १ सय ३० रुपैयांको समानको भन्सार शुल्क १ सय ५० सम्म तिर्दापनि समयमा समान नपाउने गरिएको गुनासो गरे ।
उनीहरुले भन्सारका कर्मचारीहरुले दुख्ख दिने गरेको गुनासो गर्दै एउटै कर्मचारीले एउटै समानलाई चारवटा आंखाले हेर्दा सारै समस्या भोग्नु परेको दुखेशो पोखे । भारतबाट ४ सयमा ल्याएको समान नेपाल ल्याएर ३ सयको बिल काट्नु परेको गुनासो सुनासो गरेका छन् ।





















