लुम्बिनीबाट राष्ट्रियसभा सदस्यमा कांग्रेस–एमाले विजयी

बुटवल, माघ ११ गते । आइतबार सम्पन्न लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस र एमाले गठबन्धनमा उम्मेदवार विजयी भएका छन् ।

तीन पदका लागि भएको निर्वाचनमा खुलातर्फ चन्द्रबहादुर केसी, महिलातर्फ रामकुमारी झाँक्री र अपाङ्गता÷अशक्ततर्फ वासुदेव घिमिरे (जंगली) विजयी भएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनीका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी गराएका छन् ।

विजयी उम्मेदवारहरूमध्ये चन्द्रबहादुर केसी र वासुदेव घिमिरे कांग्रेसका हुन्, भने महिलातर्फकी रामकुमारी झाँक्री एमालेकी हुन् ।

लुम्बिनी प्रदेशबाट हाल एमालेका गोपाल भट्टराई, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, माओवादी केन्द्रका जगप्रसाद शर्मा राष्ट्रियसभा सदस्य रहेका छन् । उनीहरुको अवधी आगमी फागुन २० गते सकिने छ ।