राष्ट्रिय जनमोर्चाले २५ बुँदे चुनावी घोषणा पत्र सार्वजनिक गर्यो

बुटवल, माघ १४ गते । संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षा, संघीयता खारेज गर्नुपर्ने मूल नारासहित राष्ट्रिय जनमोर्चाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय जनमोर्चाले ४० पेजको पुस्तकमा २५ बुँदे चुनावी घोषणा पत्र बुधबार बुटवलमा पत्रकरका सम्मेलन गरी सार्वजनिक गरेको हो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडल र अर्का उपाध्यक्ष जनकराज शर्मा र महासचिव मनोज भट्टले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गरेका हुन् । चुनावी घोषणा पत्र सार्वजनिक गर्ने राष्ट्रिय जनमोर्चा पहिलो पार्टी हो ।

उक्त चुनावी घोषणा पत्रमा सुशीला कार्की नेतृत्वमा सरकारलाई असंवैधानिक भएको उल्लेख गरिएको छ । भ्रष्टाचारको अन्त्य र देशको दीगो विकास, उद्योग, कृषि, पर्यावरण, पर्यटन विकास, सहकारी, विकेन्द्रित र सन्तुलित विकास नीति, बौद्ध पुरातात्विक सहर, यातायातको विकास, जलश्रोत, विदेश नीति, राष्ट्रियता, मजदुरको हकहित र रोजगारीको व्यवस्था, पुनस्र्थापना, स्वास्थ्य, खेलकुंद, शिषा, सामाजिक सुरक्षा, जेष्ठ नागरिक, महिला, बालबालिका, दलित, अपागंता, आरक्षित, निर्वाचन क्षेत्रको व्यवस्था, अन्तर निर्वाचन षेत्र, द्दन्द्दपीडितलाई न्याय र राहत, कलोबजारी कृतिम अभाव र आपूर्ति, उपभाुगको हित संरषण, मानव अधिकार, ग्रामिण विकास, एकीकृत बस्ती विकास, दुर्गम पहाडी मिाली तथा पिछक.डिएका षेृत्रकाृ विकास, पहाडबाट तराईमा बसाइ सरार्यमा न्यूनिकरण, दुर्गम गाउंमा सुफल मुल्यका पसल, ऐतिहांसिक र राष्ट्रिय सम्पदाको संरक्षण विकास, बैज्ञानिक अनुसन्धानका लागि पर्याप्त बजेटको व्यवस्था, बौद्दिपलायन माथि रोक, लेखन तथा साहित्यकार, खाद्यसुरक्षा, जेलको अवस्थामा सुधार, न्यायलयको अवस्थामा सुधार, प्रवासी नेपालीको मताधिकारको ग्यारन्टी ल गायतका थुप्रै विषयलाई समेटेर राष्ट्रिय जनमोर्चाले घोषणापत्र जारी गरेको छ ।

राजमोले कालापानीलगायत भारतद्वारा अतिक्रमित भूभाग फिर्ता हुनुपर्ने, अमेरिकी सहायता परियोजना एमसीसी खारेज गरिनुपर्ने, एसपीपी सम्झौता हुन नहुने माग गरेको छ।

घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले यो सरकार असंवैधानिक भएको बताएका छन् । विदेशी शक्ति राष्ट्रहरुको बलमा संविधान र राष्ट्रलाईनै समाप्त पार्न खोजिएको अध्यक्ष केसीको आरोप छ ।
अबैधानिक वर्तमान सरकार एनजीओ÷आईएनजीओले बनाइदिएको सरकार भएको दावी गदैृ अध्यक्ष कार्कीले भने, “यो अवस्था आउनुमा राजनीतिक दलहरुको पनि कमजोरी छ ।

विदेशी शक्तिलेले आफ्ना उद्देश्यहरु पूरा नहुने भएपछि जेनजी आन्दोलनका नाममा बैधानिक सरकार ढाली एनजीओका प्रतिनिधिहरुको मिलामतोम ाबनेको सरकारले देशलाई निकास दिनै नसक्ने अध्यष केसीले बताए ।
गलत सोंचका नेताहरुलाई बारम्बार मत दिएर संसदमा पठाउने मतदाताहरु पनि दोषी रहेको उल्लेख गर्दै नेपालको ईतिहासमा यति ठूलो संकट अहिलेसम्म नआएको बताए ।
सत्तामा रहेका राजनीतिक पार्टीहरुले जसरी जनताका लागि काम गर्नुपथ्र्यो त्यो नगर्दा यो अवस्था आएको बताउंदै विगतमा कमजोरी सुधारेर अगाडि बढ्नुको अर्को विकल्प नभएको अध्यक्ष केसीको भनाइ छ ।

“नयाँ जोगीले खरानी झन धेरै घसेर आएको बताउंदै अध्यक्ष केसीले नयााँ दलहरुप्रति व्यंगे नयां भन्नेहरुको हातमा यो मुलुक गयो भने संविधान मात्र होइन राष्ट्र पनि नरहने दावी गरे ।
नयाँ र परिवर्तनको नाममा कृतिम कुरा गरेर जनतालाई छक्काउनेहरुबाट सचेत रहनु पर्ने बताउंदै भ्रष्टाचारको बिरोध, सुशासन पक्षमा र राष्ट्रियताको विषयमा संसदमा सबै भन्दा बढी बोल्ने पार्टी राष्ट्रिय जनमोर्चा भएको चित्रबहादुर केसीको दावी छ ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले कुशासन र भ्रष्टाचारका कारण भदौ २३ गतेको जेनजी आन्दोलन भएको बताउंदै आन्दोलनलाई विदेश शक्तिको आडमा देशमा विध्वंस गरिएको बताइन ।

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले घोषणा पत्र तीन खण्ड विभाजित गरिएको बताए । महासचिव भट्टका अनुसार पहिलो खण्डमा अध्यक्ष केसीको अपील राखिएको छ, जहाँ पार्टीका उम्मेदवारहरूलाई किन र के का लागि मतदान गर्ने प्रष्ट छ। दोस्रो खण्डमा जेनजी आन्दोलनपछिको देशको राजनीतिक अवस्थाबारे विश्लेषण छ ।

तेस्रो खण्डमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित सवाललाई स्थान दिइएको छ।
महासचिव भट्टका अनुसार विकास निर्माणबारे पनि घोषणा पत्रमा स्पष्ट खाका प्रस्तुत गरिएको छ ।