प्यूठानमा राजमोको भेला, ५५५ सदस्सीय निर्वाचन प्रचार–प्रसार समिति गठन


संघीयता खारेजी, संविधानको रक्षा, राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको पक्षमा गिलासमा मतदान

प्युठान, माघ १५ गते । राष्ट्रिय जनमोर्चा प्युठानमा कार्यकर्ता भेला आयोजना गरेको छ । बिहबिार भएको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिहंको आतिथ्यता थियो ।
उत्साहपूर्व सदरमुकाम खलङ्गामा सम्पन्न भेलाले ज्ञामुराम न्यौँपानेको संयोजकत्वमा ५५५ सदस्यीय जिल्ला निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको छ । निर्वाचन प्रचार प्रसार समितिले आगामी निर्वाचनलाई केन्द्रमा राखी पार्टीका नीति, कार्यक्रम र उम्मेदवारको पक्षमा व्यापक जनसम्पर्क अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कृष्णबहादुर खड्का, लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्री, लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा लगायतका नेताहरूको आतिथ्यता रहेको थियो । विभिन्न जनवर्गीय मोर्चाबाट पनि अतिथि आसन ग्रहरण गराइएको सो भेलामा नेताहरूले वर्तमान राजनीतिक परिस्थिती, राष्ट्रियता, जनताको अधिकार र आगामी निर्वाचनमा राष्ट्रिय जनमोर्चाको भूमिकाबारे नेताहरु आआफ्ना धारणा राखेका थिए ।
भेलामा प्युठानबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार तिलक जीसीले आफ्नो उम्मेदवारीबारे उपस्थित कार्यकर्तालाई स्पष्ट पार्दै जनताको पक्षमा संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यकर्ताहरूलाई एकताबद्ध भई चुनाव प्रचार प्रसार अभियानमा सक्रिय रूपमा लाग्न आग्रह गर्दै जनताको वास्तविक एजेण्डा हामीले बोकेकाले जनतालाई बुझाउन घरदैलोमा पुग्नुपर्ने बताउंदै संघीयता खारेजी, संविधानको रक्षा, राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको पक्षमा गिलासमा मतदान गर्न आम प्यूठानी जनतालाई आग्रह गरेका छन् ।





















