मनाइयो शहीद दिवस

काठमाडौँ । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरुको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइएको छ ।काठमाडौँको शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत भएको थियो ।

सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहेको थियो । सरकारले शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरुको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ ।आज शहीद दिवसको अन्तिम दिन हो । सरकारले अन्तिम दिन सार्वजनक बिदा दिँदै आएको छ ।