विवेक पुराएर मत दिन राजमोका नेता बद्रे आलमको आग्रह

बुटवल, माघ २६ गते । राष्ट्रिय जनमोर्चाका नेता प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फका उम्मेदवार बद्रे आलम मुसलवानले भोट दिंदा विवेक पुराउन मतदातालाई आग्रह गरेका छन् ।
कसैको प्रलोवनमा नपरी एजेण्डा हेरेर राष्ट्रबादी शक्तिलाई मात्रै मतदान गर्न आग्रह गरेका छन् ।
फागुन २१ मा हुने निर्वाचन राष्ट्रबादी र राष्ट्रघाती बिचको भएको बताउंदै एजेण्डा हेरेर मात्र मतदान गर्नुपर्ने बताउंदै नेता आलमले काँग्रेस, एमाले, ओवादीका रिसले आफुलाई नयां भन्ने रास्वपा देश नै सिध्याउने खेलमा लागेको दावी गरे ।

अहिले साम्राज्यवादी शक्तिको आडमा चुनाव जित्ने हल्ला छ, त्यो अल्लामा नलागेर राष्ट्र, राष्टियता, सार्वभौमिकता र अखण्डताको पक्षमा सधै लड्दै आउको दल राष्ट्रिय जनमोर्चालाई मतदान गर्न आग्रह गरे । हल्लाको भरमा चुनाव जित्ने गरिएको छ, त्यसले देशको अस्तित्व सिरिया, भेनेजुयला, प्यालेस्टाइनको जस्तो हुनसक्ने बताए ।

रुपन्देही क्षेत्र नम्बर ३
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चाका बद्रे आलमसहित क्षेत्र नम्बर ३ बाट ३६ जना उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने भएको छ ।

क्षेत्र नम्बर ३ मा स्वतन्त्रसहित १९ वटा राजनीतिक दलका उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार रूपन्देही–३ मा उम्मेदवारको अन्तिम नामावलीमा कायम रहेका ३६ जना उम्मेदवारलाई मतदान प्रयोजनका लागि चुनाव चिह्न प्रदान गरिएको छ ।

रुपन्देही क्षेत्र नम्बर ३ मा ७१ हजार २५८ पुरुष, ६८ हजार ७७५ महिला र दुई अन्य गरी एक लाख ४० हजार ३५ जना मतदाता छन् । यहाँ ४६ मतदानस्थल र १५७ वटा मतदान केन्द्र छन् । रूपन्देहीमा प्रतिनिधि सभातर्फ पाँचवटा निर्वाचन क्षेत्र छन् ।

२०७९ सालको निर्वाचनमा यो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहरा निर्वाचित भएका थिए ।
बोहराले नेपाली कांग्रेसका उम्मेदवार तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै निर्वाचित गरेका थिए । प्रतिनिधि सभा सदस्यमा निर्वाचित बोहराको २०८१ चैतमा निधन भएको थियो ।

रुपन्देहीमा राष्ट्रिय जनमोर्चाले क्षेत्र नं. १ बाट हरि केसी, क्षेत्र नं. २ बाट रुकबहादुर पराजुली, क्षेत्र नं. ३ बाट बद्रे आलम मुसलवाल र क्षेत्र नं. ५ बाट जयश्वर रेग्मीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर ४ मा भने राष्ट्रिय जनमोर्चाल उम्मेदवारी दिएको छैन ।