निर्वाचन आचारसहिंता उलंघन गर्नेलाई कारबाही गर्न माग


बुटवल, माघ २८ गते । निर्वाचनलाई निष्पक्ष र धादलिरहित हुनुपर्ने र त्यसका लागि लागि राज्य पक्षलाई प्रतिवद्दता जनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय बुटवलले बुधबार आयोजना गरेको मानव अधिकारमैत्री निर्वाचन विषयक अन्तरक्रियामा बोल्ने अधिकारकर्मी र सञ्चारकर्मीहरुले निर्वाचनप्रति राज्य र राजनीतिक दलहरुलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।
निर्वाचन निष्पक्ष र धादलिरहित रुपमा सम्पन्न गर्नुपर्ने र त्यसका लागि सुरक्षा निकायले प्रतिवद्दता जनाउनु पर्ने उनीहरुको भनाइ छ ।
निर्वाचन आचारसहिंता उलंघन गर्नेलाई कारबाही गर्न निर्वाचन आयोगलाई सुझाव दिंदै उनीहरुले बिगतका निर्वाचनहरुमा आचारसहिंता उलंघन भएकाले यो निर्वाचनमा पनि आचारसहिंता उलंघन हुने सम्भावना रहेकाले निर्वाचन आयोगलाई सचेत हुन आग्रह गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश बुटवल कार्यालयका प्रमुख सन्तोष आचार्यले राजनीतिक दलका घोषणा पत्रहरु मानव अधिकारमैत्री हुनुपर्ने बताए । उनले निर्वाचन आचारसहिंता सबै पक्षले अक्षंरस पालना गर्नुपर्ने बताउंदै आचारसहिंता उलंघन गर्नेलाई निर्वाचन आयोगले कारबाही गर्ने बताए ।
व्यवसायी टंकप्रसाद पोखरेलले निर्वाचनलाई भयरहित वाताावरणमा सम्पन्न गर्नुपर्ने र त्यसका लागि आआफ्नो ठाउंबाट सबैले आचारसिंहता पालना गर्नुपर्ने बताए ।
पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकालले विगतमा राजनीतिक दलहरुबाटै निर्वाचन आचारसंिहता पालना हुन नसकेको बताउंदै आचारसहिंता पालना नगर्नेलाई आयोगले तत्काल कारबाही गर्नुपर्ने बताए ।
प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेलले विगतका निर्वाचनहरुमा आचारसहिंता उलंघन गर्नेलाई निर्वाचन आयोगले कारवाही गर्न नसकेकाले निर्वाचन निष्पक्ष हुन नसकेको बताउंदै अहिलको निर्वाचन निष्पक्ष र भयरहित रुपमा सम्पन्न हुने विषयमा आशंक व्यक्त गरे ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष अर्जुन ज्ञवाली, तेजप्रसाद पाठक, सुर्दशन नेपाल, लालप्रसाल पंगेनी, अधिकारकर्मी दीपक ढकाल, सावित्रा घिमिरे, पत्रकार कल्पना तिवारी, गुनाराम घिमिरे, डिबी सुस्लिगं लगायतले आआफ्ना भनाइ राखेका थिए ।























