पाल्पामा राजमोका उम्मेदवार भोट माग्दै घर घरमा

बुटवल, माघ २६ गते । राष्ट्रिय जनमोर्चाले पाल्पाले चुनावी अभियानलाई तीव्रता दिएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेका पाल्पामा चुनावी अभियान थालेको राजमोले घरदैलो कार्यक्रमलाइृ तीव्रता दिएको छ ।

राष्ट्रिय जनमोर्चाले पाल्पा क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ नर्मती सिंजाली र क्षेत्र नम्बर २ मा विशाल दर्लामी प्रत्यक्ष उम्मेदवार बनाएको छ ।
केहीदिन यतादेखि राष्ट्रिय जनमोर्चाले पाल्पामा निर्वाचनका कार्यक्रमहरुलाई तीव्रता दिएको छ । दुईवटै क्षेत्रमा निर्वाचन परिचालनका लागि सम्पर्क कार्यालय स्थापना, पर्चा, पम्पलेट वितरण गरिएको र घरदैलो अभियानमा लागिएको राष्ट्रिय जनमोर्चा पाल्पाका कोषाध्यक्ष टिकाराम पौडेलले जानकारी गराएका छन् ।

५।५ वटा गाउंपालिका समेटिएका सबै गाउंवस्तीका मतदाताको घरदैलोमा पुग्ने गरी घरदैलौ अभियान चलाईएको पाल्ष क्षेत्र नम्बर २ का उम्मेदवार विशाल दर्लामीले बताए ।

घरघरमा पुगेर मतदातालाई घेटघाट गरिएको र घेटघाटमा मतदाताहरुले राष्ट्रिय जनमोर्चालाई राम्रोसंग रेस्पोन्स गरेको जनमोर्चा पाल्पाका अध्यक्षसमेत रहेका युवा नेता तथा उम्मेदवार विशाल दर्लामीले नयां दिशालाइ जानकारी गराएका छन् । यही फागुन २१ मा हुने निर्वाचन राष्ट्रबादी र राष्ट्रघातीबीच हुने भएकाले एजेण्डा हेरेर मात्र मतदान गर्न आममतदातालाई आग्रह गर्दै घरदैलोमा पुगिएको उम्मेदवार दर्लामीले बताए ।

त्यस्तै पाल्पा क्षेत्र नम्बर १ की उम्मेदवार नर्मती सिंजालीले गर्दै सधैभर राष्ट्रियताको पक्षमा लड्दै आएको राष्ट्रिय जनमोर्चालाई गिलासमा मतदान गर्न आममतदातालाई अपिल गरेकी छन् ।

राष्ट्रिय जनमोर्चाले गणतन्त्रको र राष्ट्रियताको रक्षा गरौं संघीयताको खारेज गरौं भन्ने मुल नाराका साथ निर्वाचनमा होमिएको छ । राष्ट्रिय जनमोर्चाले देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र गणतन्त्रको रक्षा, संघीयताको खारेजीसंगै जनतासंग जोडिएका जनजीविका सवालहरुका विषयलाई निर्वाचन घोषणा पत्रमा उल्लेख गरेको छ ।

शिक्षा, स्वास्थ्य निशुल्क हुनुपर्ने र पर्यटन, पर्यावरण, उद्योग, सहकारी, विकेन्द्रित र सन्तुलित विकास नीति, विकास पूर्वाधार, बौद्द पुरातात्विक सहर, यातायातको विकास, जलाश्रोत, विदेश नीति, मजदुर अधिकार, रोजगारीको व्यवस्था, पुनस्र्थापना, खेलकुंद, सामाजिक सुरषा, जेष्ठ नागरिक, महिला, बालबालिका, दलित, अपागंगता, अन्तर निर्वाचन क्षेत्रबाट मताधिकारको व्यवस्था, तराई मधेसी समूदायको समस्या, द्दन्द्दपीडित न्याय र राहत, कालोबजारी, कृतिम अभाव र आपूर्ति, उपभोक्ताको हित संरक्षण, मानव अधिकार, ग्रामिण विकास, एकीकृत बस्ती विकास, दुर्गम पहाडी हिमाली तथा पिछडीएको क्षेत्रको विकास, पहाडबाट बसाइसराइको न्यूनीकरण, दुर्गम गाउंमा सुफत मुल्यका पसल, ऐतिहांसिक राष्ट्रिय सम्पदाको संरक्षण र विकास, कला साहित्य र संगीतको विकास, वैज्ञानिक अनुसन्धानलाई पर्याप्त बजेटको व्यवस्था, बौद्दिक पलायनमाथि रोक, लेखक तथा साहित्यकार, खाद्यसुरक्षा, जेलको अवस्था सुधार, न्यायलयको अवस्था सुधार, प्रवासी नेपालकिो मताधिकारको व्यवस्था, विदेशी ऋण लगायतका थुप्रै वियालाई समेटेर राष्ट्रिय जनमोर्चा निर्वाचन प्रतिबद्दता पत्र बनाएको छ ।