बुटवलवासीका समस्या समाधान गर्ने एमाले उपाध्यक्ष पौडेलको प्रतिवद्दता

बुटवल, फागुन १० गते । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले बुटवलवासीका समस्या समाचान गर्ने प्रतिवद्दता जनाएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका पौडेलले अपुरो रहेको बुटवलको विकासलाइ पुरा गर्ने बताएका छन् ।

पौडेलले राष्ट्यि राजमार्ग, सहरी पूर्वाधार, उद्योग वाणिज्य, सिंचाइ नदी तथा पहिरो नियन्त्रण, संस्कृति तथा पर्यटन, भूमि समस्याको समाधान, खेल, खानेपानी तथा सरसफाइ, विद्युत, सञ्चार तथा सूचना, समाज कल्याण र सामाजिक सुरक्षा, वन तथा वातावरण, सेवाप्रवाह र सुशासन र सम्वृद्दि रुपन्देहकिा लागि आर्थिक विकासका एजेण्डालाई पनि प्राथमिकतामा राखेका छन् ।

पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पौडेलले आफे्नो क्षेत्रमा रहेका सबै सार्वजनिक स्थलहरुमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने प्रतिवद्दता जाहेर गरेका छन् । २३ पेजको १९ बुंदे चुनावी प्रतिवद्दता पत्र मार्फत पौडेलले सञ्चार तथा सूचनामा रुपन्देहीलाई सूचना प्रविधिको हबका रुपमा विकास गर्ने बताएका छन् ।

पौडेलले पारदर्शीता, भ्रष्टाचारविरुद्द शुन्य सहनशीलता, जवाफदेही प्रशासन र जनसहभागितामा आधारित साशनमार्फत दीगो सम्वृद्दि हासिल गर्ने प्रतिबद्दता जनाएका छन् । उनले संविधान, लोकतन्त्र, राष्ट्यि स्वाधिनताको पक्षमा आफु दृढ रहेको बताउंदै उनले भने चुनाव जितेपछि रुपन्देहीको समग्र विकास पुरा गर्ने देखाउंछु । धेरै विकास गरेको छु, केही पुरा नभएको विकास योजनाका कामहरु सम्पन्न गर्नका लागि पनि रुपन्देही क्षेत्र नम्बर २ मा मेरो आवश्यक्ता छ भने ।

चुनावी अभियान लिएर मतदाताको घरघरमा पुगेर नेता पौडेलले सबै प्रकार आर्थिक तथा सामाजिक विभेद र असमानताको अन्त्य गर्दै समतामूलक विभेदमूलक समाज निर्माणका साथै मानवीय पूंजीमा आधारित अर्थतन्त्रको विकास गर्ने आश्वासन दिएका छन् ।
रुपन्देहीबाट अन्यत्र जान नपर्ने गरी हरेक स्थानीय तहमा गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने, रुपन्देहीका जनतालाई उपचारका लागि राजधानी वा अन्यत्र जान नपर्ने गरी गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने पौडेलले मतदातासंग प्रतिबद्दता जनाएका छन् ।
उनले सूचना प्रविधिका उद्योगहरु सञ्चालन गर्नका लागि सहुलियत कर्जा, सूचना प्रविधि सेवा निर्यात गर्ने र आयमा कर छुटको व्यवस्था गर्नेसमेत मतदातासंग प्रतिवद्दता जाहेर गरेका छन् ।