राष्ट्रियताको रक्षा र संघीयताको खारेजका लागि गिलासमा भोट– चित्रबहादुर

बुटवल, फागुन १० गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र, राष्ट्रियताको रक्षा र संघीयताको खारेजीका लागि आफ्नो पार्टीको चुनाव चिन्ह गिलासमा मतदान गर्न आममतदाताई आग्रह गरेका छन् ।

देशले संघीयताको भार बोक्न नसक्दा विदेशीले बोकाएको संघीयता नेपाल र नेपाली जनताले थेग्न नसक्ने व्यबहारले देखाइसकेकाले संघीयता खारेज गर्नपनि राष्ट्रिय जनमोर्चालाई भोट दिनुपर्ने बताए । राष्ट्रिय जनमोर्चा क्षेत्र नम्बर २ रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै विदेशी हस्तक्षेप सहन नसकिने र संघीयता पनि पाल्न नसकिने बताए ।

अध्यक्ष केसीले कांगे्रस, एमाले र माओवादीको कुसाशनका कारण देशमा विदेशी हस्तक्षेप बढेको र भ्रष्टाचार मौलाएको बताउंदै राष्ट्रघाती गतिविधि र भ्रष्टाचारमा संलग्नको पहिचान गरी कडा कारबाही गरिनु पर्ने बताए । राष्ट्रघाती गतिविधि र भ्रष्टाचारमा संलग्नहरुलाई राष्ट्रिय जनमोर्चाले मात्रै कारवाही गर्न सक्ने भएकाले फागुन २१ को चुनावमा गिलासमा मतदान गर्नुपर्ने र अन्त मतदान भए राष्ट्रघात र भ्रष्टाचार मौलाउने अध्यक्ष केसीको दावी छ ।

अध्यक्ष केसीले देशको वर्तमान राजनीतिक अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता र आत्मनिर्भर अर्थतन्त्र निर्माण आजको आवश्यकता भएको बताए । उनले “राष्ट्रियता कमजोर भयो भने विकास सम्भव हुँदैन। गणतन्त्रको रक्षा गर्दै देशलाई सही दिशामा लैजानु अहिलेको प्रमुख जिम्मेवारी हो भन्दै अमुल्य मत दिने बेला सोच्न आममतदातालाई आग्रह गरे ।

देशमा विदेशी हस्तक्षेप बढिरहेको आरोप लगाउँदै विशेषगरी अमेरिकी साम्राज्यवादको प्रभाव विस्तार भइरहेको र नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र हो। कुनै पनि शक्तिको दबाबमा राष्ट्रिय हित विपरीत निर्णय हुनुहुँदैन,” उनले भने। राष्ट्रिय जनमोर्चाले सन्तुलित र स्वाधीन परराष्ट्र नीति अवलम्बन गरेर एजेण्डा अघि सारेको छ ।

अध्यक्ष केसीले नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउनु पर्ने र यो विषय आफुले संसदमा उठाउंदै आएको स्मरण गर्दै भने देश निर्माणमा योगदान दिंदै आएका प्रवासी नेपालीको मताधिकारबाट बन्चित गराउन हुंदैन । विदेशी शक्तिको आडमा नयांको भ्रम छरेकाहरुलाई मतबाटै पराजित गराउन देशरभरका आममतदातालाई अध्यक्ष केसीले अपिल गरेका छन् ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीले रुपन्देहीका क्षेत्र नम्बर १, २, २ र ५ नम्बर क्षेत्रमा चुनावी अभियानलाई तीव्रता दिएको छ ।
राष्ट्रिय जनमोर्चा रुपन्देही क्षेत्र नम्बर २ ले आइतबार बुटवलको देवीनगर, होराइजनचोक, बुद्दनगर, अस्पतालाइन, कालिका पथ लगायतका क्षेत्रमा घरदैलोका साथै चुनावी सभाहरु गरेको छ ।