मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना


काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मूख्यतया सफा रहको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा भूभागमा साधरणतया बादल लाग्नेछ। बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशको पहाडी र हिमाली भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। यस्तै, राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
























