अर्घाखाँचीमा निष्पक्ष र भयरहित निर्वाचन बनाउन सुरक्षा संयन्त्र ‘हाइअलर्ट’


अर्घाखाँची । निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सुरक्षा संयन्त्रलाई हाइअलर्टमा तयारीका साथ तयारी गरिएको छ । तोकिएका मतदान स्थल र केन्द्रमा मतपेटिका लगायतका सम्पूर्ण सामाग्री तथा निर्वाचनका लागि खटिने कर्मचारीहरु मतदान स्थलमा पुगिसकेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताएका छन् ।

अधिकृत पाढडेका अनुसार जिल्लामा निर्वाचनका निम्ती १ हजार २ सय ६२ जना कर्मचारी खटाइएको जनाएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले मंगलवार अर्घाखाँचीमा शान्त, स्वच्छ र निष्पक्ष निर्वाचन’ बिषयेक साक्षात्कार कार्यक्रममा बोल्दै अधिकृत पाण्डेले यस्तो बताएका हुन् । उनले भने मौन अवधिको समयमा हुनसक्ने आचारसंहिता उल्लग्नका घटना घट्न सक्ने भन्दै विशेष निगरानीलाई प्राथमिकता दिएका छौं।
अपाङ्गता भएका, ज्येष्ठ नागरिक, असहाय तथा अशक्त मतदातालाई सहज रुपमा मतदान गर्न विशेष व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाउँदै निर्वाचनलाई व्यवस्थित गर्न सबै निकायको सहयोग आवश्यक रहेको र मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी अपील गरेको छ ।

मतपेटीका लगायतका सम्पूर्ण सामाग्री तथा निर्वाचन कर्मचारी मतदान केन्द्रमा खटिसकेको अस्थायी मतदान केन्द्रमा समानुपातिक मतदान हुने अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताउँदै मतदान केन्द्रको अवस्था हेरेर सुरक्षा व्यवस्था कडा बनाइएकाले नागरिकहरु ढुक्क भएर मतदान गर्न आग्रह गरे ।
जिल्लामा एउटा मात्रै निर्वाचन क्षेत्र भएको जिल्लाको सुरक्षा चुस्त बनाउन अधिकांश ठाँउमा स्वयम आफै पुगेर सुरक्षा सर्कुलरलाई बुझिसकेकाले कुनै समस्या नरहेको र आफ्नो मताधिकारलाई प्रयोग सुझाए ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान तथा निर्वाचन प्रहरी परिचालन गरिएको छ । जिल्लामा १ लाख ७१ हजार ६सय ६२ मतदाता रहेका छन् ।
साक्षात्कारमा जिल्ला निर्वाचन कार्यालय प्रमुख बुद्ध प्रकाश पौडेल, सेनानी रीक्की पाण्डे, राष्ट्रिय अनुसन्धानका प्रमुख विजय चर्तुबेदी, शसस्त्र प्रहरी प्रमुख योगराज दाहाल, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस बहादुर जिसी, सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रेमनारायण आचार्य, बरिष्ठ पत्रकार बिष्णु भुसाल, अशोक खनाल लगायतको उपस्थिति थियो ।























