बालेनलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन रास्वपा बैठकमा


काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सचिवालय बैठक आज बस्दैछ ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । “बैठकको समय र स्थान तय भएको छैन, उनले भने ।
समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रित हुने बैठकले वरिष्ठ नेता वालेन्द्र साह बालेनलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ ।
























