बुटवलमा चौथौ मेयर कप र आठौं लन टेनिस प्रतियोगिता


बुटवल, चैत ६ गते । रुपन्देही लन टेनिस संघको आयोजनामा बुटवलमा आठौं खुल्ला लन टेनिस तथा चौथौ मेयरकप प्रतियोगिता हुने भएको छ ।
यही चैत १६ गतेदेखि २० गतेसम्म बुटवल ११ देवीनगरस्थित लन टेनिस संघको कार्टमा हुने शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी आयोजकहरुले जानकारी गराएका छन् ।

पांच दिनसम्म चल्ने उक्त प्रतियोगितामा देशभरका २ सय भन्दा बढी पुरुष तथा महिला खेलाडीहरुको सहभागिता रहने रुपन्देही लन टेनिस संघका अध्यक्ष विष्णुप्रसाद चापागाईले जानकारी गराए ।
बुटवल उपमहानगरपालिका, विभन्न संघसस्था र व्यक्तित्वको सहभागिता रहने उक्त प्रतियोगितामा पुरुष, महिला एकल र डबल गरी ११ विद्यामा प्रतिष्पर्दा हुने अध्यक्ष चापागाईले बताए ।

लन टेनिस संघ रुपन्देहीका सचिव मनोज नेपालका अनुसार प्रतियोगितामा एकलतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगदसहित शिल्ड पदक, प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै डबलतर्फ पहिलो, दोस्रो हुनेलाइ मात्र पुरस्कारको वयवस्था गरिएको छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि २६ लाख ६७ हजार ५ सय खर्च हुने आयोजकहरुले बताएका छन् ।























