आँधी, चट्याङ र वर्षाको सम्भावना, सचेत हुन आग्रह

बुटवल, चैत ६ गते । आज पश्चिमी नेपालमा आँधी र चटयाङसहित वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन, चट्याङसहित वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमान गरिएको हो ।

यसले क्षति पु¥याउन सक्ने भएकाले सतर्कता अपनाउन र अति आवश्यक नपरी घर बाहिर ननिस्किन मौसमविदहरूले सुझाव दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान ६ बजे जारी गरेको एक सूचना अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा साधारणतया बादल लागेको छ ।

सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपात भइरहेको छ ।