लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा


बुटवल, चैत ६ गते । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा शुभारम्भ गरिएको छ । अस्पतालको ११६ औं वार्षिकोत्सवको अवसपारेर शनिबार एम आरआई सेवाको लुम्बिनी प्रदेश प्रमुख चेतनारायण आचार्यले शुभारम्भ गरेका हुन् ।

एमआरआई सेवा शुभारम्भपछि आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले नागरिकलाई एम आरआई सेवाको पहुंचमा पराउनका लागि एम आरआईसहित विभिन्न सेवाहरु सञ्चालन गरिएको बताए ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल देशकै नमुममना अस्पताल भएको बताउंदै छिटो छरितो गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि आवश्यक पर्ने सबै प्रकारका उपकरणहरु खरिद गर्नका लापिग प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्दता जनाए ।
मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रलाई नागरिकमुखि बनाउने गरी प्रदेश सरकारले लुम्बिनी प्रदेशका लागि ६० प्रतिशत वजेट लगानी गरेको बताए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले प्रदेशका सबै नागरिकलाई स्वास्थ्यको पहुंचमा पुराउने गरी स्वास्थ्य सेवा प्रदान गरिएको दाबी गरे । मनत्री सारुले उपचारका लागि अस्पताल आउने सबै सेवा ग्राहीलाई गुणस्तरीय सेवा दिन निर्देशन गरे ।
उनले लुम्बिनी प्रादेशिक अस्पतालको स्तरवृद्दि गर्नका लागि १२ तले भवन निर्माण भैरहेको उक्त भवनको ४० प्रतिशत निर्माणको काम भएको जानकारी गराए ।
अस्पतालमा सुरक्षित मातृत्व सेवा, गुणस्तरीय सेवा विस्तार, जवाफदेहीता, पारदर्शिताका साथै डिजिटल सिस्टम सञ्चालन गरेर सेवा प्रदान गरिएको स्वास्थ्य मन्त्री सारुको भानाइ छ ।
बुटवल उपमहानगरका उप–प्रमुख सावित्रादेवी अर्यालले जनतालाई स्वास्थ्यको पहुंचमा पुराउनु पर्ने बताउंदै गुणस्तरीय सेवा दिएर सेवाग्राहीको मन जित्नुपर्नेमा जोड दिइन ।
लुम्बिनी प्रदेश स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले नागरिकका गुनासाहरुलाइृ सम्बोधन गर्नका लागि अस्पताले गुणस्तरीय सेवा दिनुपर्ने बताउंदै अस्पतालको आवश्यक अनुसार स्प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्दता जनाइन ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले अस्पतालले हरेक सेवालाई प्रभावकारी बनाएको बताउंदै एम आरआई सेवा शुभारम्भ भएपछि अझै सेवा दिन सकिने बताए । मेसु ढकालले लुम्बिनी प्रादेशिक अस्पताल देशकै पहिलो अस्पताल बन्ने उल्लेख गर्दै डिजिटल माध्यमबाट गुणस्तरीय सेवा दिईएको बताए । अस्पतालले ट्रान्सप्लाण्ट र क्यान्सर वाहेकका सम्पूर्ण सेवा दिएको बताउंदै मेसु ढकालले भने – दैनिक २५ सय विरामीलाई सेवा दिएका छौ ।
अस्पतालको ११६ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न अतिरिक्त कार्यक्रममा उत्कृष्ट डाक्टर तथा कर्मचारीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ । त्यस्तै स्वास्थ्य सचिव तथा पूर्व नर्सिङ प्रशासन प्रमुख दुर्गालक्ष्मी श्रेष्ठ, पूर्व मेसु डाक्टर राजेन्द्र खनाल, लेखा प्रमुख र नर्सिङ प्रमुख प्रभा ज्ञवाली लगायतलाइ सम्मन गरिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षता र प्रशासन प्रमुख पे्रम गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो ।























