रुपन्देही व्यापार संघमा व्यवस्थापन तालिम

बुटवल, चैत २६ गते । रुपन्देही व्यापार संघको आयोजनामा एक दिने व्यवसाय व्यवस्थापन तालिम सम्पन्न भएको छ । संघ अन्तर्गतका विभिन्न वस्तुगत उपसमितिहरुलाई लक्षित गरी संघको सचिवालयमा तालिमको आयोजना गरिएको हो ।

संघ अन्र्तगत हार्डवेयर, औषधि, क्याम्पसन, पुस्तक तथा स्टेशनरी, व्याग, जुत्ताचप्पल, कस्मेटिक तथा गिफ्ट, पोल्ट्रीजन्य, सुनचाँदी, अटोमोवाइल्स, किराना, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, महिला उद्यमी, डिलर्स, फेन्सी, गल्ला तथा खाद्यन्न, सूचना प्रविधि, कृषि, युवा उद्यमी, होजियारी, अन्तरदेशीय व्यापार समन्वय, थान कपडा, होटल तथा रेष्टुरेण्ट लगायत उपसमितिबाट प्रतिनिधिमूलक सहभागितामा तालिम सम्पन्न भएको संघका सचिव एवं कार्यक्रम संयोजक वृन्दा भट्टराई आचार्यले जानकारी  गराइन ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि संघका पूर्व अध्यक्ष पदमप्रसाद श्रेष्ठले वर्तमान् परिस्थितिमा व्यावसाय संचालनमा व्यावहारिक ज्ञान र सिपको विकास गर्नेतर्फ ध्यान दिनुपर्ने बताउंदै प्रतिष्पर्धात्मक व्यवसाय संचालनमा तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाव दिए ।

संघका कार्यवाहक अध्यक्ष दयानिधि भण्डारीले संघले आफ्ना व्यावसायी सदस्यहरुको क्षमता अभिवृद्धिका लागि आवश्यकता अनुसार तालिम गोष्ठी, अन्तक्र्रिया प्रशिक्षणहरु आयोजना गर्दै अघि बढ्ने बताए ।

संघका कार्यवाहक अध्यक्ष दयानिधि भण्डारीको अध्यक्षता, महासचिव प्रकाशराज पौडेलको संचालन, कार्यक्रम संयोजक एवं सचिव वृन्दा भट्टराई आचार्यको स्वागतमा कार्यक्रम भएको हो ।

विभिन्न वस्तुगत उपसमितिहरुबाट प्रतिनिधिमुलक तरिकाले सहभागिता रहेको तालिममा व्यवसाय व्यवस्थापन तालिमको संघका सल्लाहकार मुकुन्द ज्ञवालीले सहजीकरण गरेका थिए ।