आइतबार ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरुलाई निर्देशन


बुटवल, चैत २७ गते । सार्वजनिक बिदाको समयमा पनि स्वास्थ्य सेवालाई निरन्तर सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएपछि मन्त्रालयले स्वास्थ्य सेवा अवरुद्ध नहुने गरी आवश्यक व्यवस्था मिलाउन देशभरका अस्पताललाई निर्देशन दिएको हो । मन्त्रालयले अस्पतालहरूले आफ्नो कार्यभार र उपलब्ध जनशक्तिका आधारमा आइतबारसमेत ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।
आइतबारको हकमा आफ्नो वर्कलोड र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्धकोे व्यवस्था गर्ने यस व्यवस्थाको लागू गर्दा कर्मचारीहरूलाई हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन विदा दिने व्यवस्था गर्ने र विदा दिन नसक्ने अवस्थामा सट्टा विदा उपलब्ध गराउने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ।
























