बुटवलमा फुटफाथ अतिक्रमण हटाउंदै

बुटवल, बैशाख ४ गते । बुटवलमा सडक तथा फुटफाथ अतिक्रमण हटाउने अभियान जारी छ । बिहीबार सडक तथा फुटफाथ हटाउंदा नगर प्रहरी र व्यवसायीबीच हात हातहाल भएकोा छ ।

उपमहानगरपालिकाले केही दिन अघिदेखि सार्वजनिक रुपमा सूचना जारी गरी माइकिंग गरेको थियो । सार्वजनिक सूचनालाई व्यवसायीले अटेर गरेपछि उपमहानगरले डोजर प्रयोग गरेर सडक अतिक्रमण गरेर बनाइृएको सरटर फुटफाथका पसलहरु डोजर लगाएर हटाएको हो ।
उपमहानगरपालिकाले पसल पसलमा पुगेर तीन दिन अघिदेखि पटकपटक माइकिङ गरेर व्यवसायीलाई स्वैच्छिक रूपमा सडक अतिक्रमण खाली गर्न आग्रह गरेको थियो ।

बुधबार डोजर लगाएर अस्पताल लाइन, बसपार्क, र ट्राफिकचोक क्षेत्रको फुटपाथको अतिक्रमण हटाइएको थियो । बिहीबार अमरपथ, संगमपथ र जेसीज चोकमा डोजर प्रयोग गरेर हटाईको हो । व्यवसायीले पसहलहरु ह्टाउन नमानेपछि नहर प्रहरीले हटाउन खोज्दा नहर प्रहरी र व्यवसायीबीच कुटाकुटसमेत भएको छ ।

सहरलाई व्यवस्थित र सुन्दर बनाउने दीर्घकालिन लक्ष्यसहित सडक तथा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरिएकाले सबैलाई साथ सहयोग दिन नगर प्रमुख पाण्डेले नगरवासीलाई आग्रह गरेका छन् । यात्रुका लागि सडक पेटीलाई सुरक्षित बनाउन कसैको अनुहार नहेरी काम गर्ने मेयर पाण्डेले बताए। पाण्डेयका अनुसार बुटवललाई सफा, सुरक्षित र व्यवस्थित सहरका रूपमा विकास गर्ने उद्देश्यले यो कदम चालिएको हो।
अटेर गरेर उल्टै नहर प्रहरीमाथि जाइ लाग्न खोज्ने व्यवसायीका समानहरु नहर प्रहरीले गाडीमा राखेर लगेको छ । विगत लामो समयदेखि सडक छेउछाउमा व्यवसाय गर्दै आएका फुटपाथ व्यवसायीले वैकल्पिक स्थान दिन उपमहानगरसंग माग गरेका छन् ।

उपमहानगरले स्थानीय सघ संस्थाका प्रतिनिधि, समाजसेवी, सामाजिक अभियान्ताहरुको साथ हसयोगमा सार्वजनिक सडक अतिक्रमण गरेर व्यवसाय गर्नेहरुलाई हटाउन साथ लिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रादेवी अर्यालले काठमाण्डौको महानगरका पूर्वमेयर बालेन्द्र शाहको जस्तै सिको गरेर फटफाथका पसलहरु हटाउने अभियान चलाएपछि सार्वजनिक कुलोदेखि अन्य ठाउंको जग्गा अतिक्रमण गरेर घर बनाएकाहरु त्रसित बन्न थालेका छन् ।

बुटवल उपमहानगरले सडक अतिक्रमण गरेर चलाईएका पसलहरु डोजर लगाएर हटाएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि अतिक्रमण गरेर बनाईएको संरचनाहरु हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।
आज नेपालगञ्जरोडमा हटाउने तयारी रहेको उपमहानगरले बताएकोछ ।