संसारमा नहारेको अँग्रेजलाई हराएको बुटवलको जीतगढी


बुटवल, बैशाख ७ गते । संसारमा नहारेको अंगे्रज फौजलाई जीतगढीबाट परास्त गरेर नेपाली वीरहरुले इतिहांस रचेको दिन हो आज बैशाख ७ गते । बुटवलको जीतगढीमा नेपाल–अंग्रेज फौजबीच भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको स्मरण्मा आज जीतगढीमा खुशीयालीका साथ उत्सव मनाईँदै छ ।

१८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको खुसीयालीमा हरेक वर्ष विजय उत्सव मनाउने गरिन्छ ।
आज नै हरेक वर्ष गोरखादेखि पैदलयात्रा गरी आइपुग्ने नेपाली सेनाका पदयात्रीलाई किल्लामा स्वागत गरिने छ । यस वर्ष पनि नेपाली सेनाको गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा–जीतगढी पदयात्राको टोलीलाई स्वागत गर्ने कार्यक्रम रहेको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले बताएका छन् ।

गोरखाबाट हिँडेको टोली तनहुँ, स्याङ्जा, पाल्पा हुँदै आज ऐतिहासिक जितगढी किल्लामा आइपुग्नेछ । अमरसिंह थापाको समयमा भएको ‘अंग्रेज–गोर्खा युद्धमा पाल्पाको गोर्खा फौजको कमाण्ड कर्णेल उजीरसिंह थापाले सम्हालेका थिए ।
रणपतिका रूपमा लडाई लड्दा कर्नेल उजिरसिंह थापा १८ वर्षका नवयुवक थिए । जीतगढी सेनकालमा बनेको थियो वा पाल्पा गोर्खामा विलय भएपछि बनाइएको थियो भन्ने तथ्याङक आज पनि प्रष्ट छैन । नालापानी, देउथल आदि ठाउँका किल्ला र जीतगढी किल्ला वास्तुशास्त्रका आधारमा हेर्दा सँगसँगै बनेको हुन भन्ने प्रशस्त आधार भेट्न सकिन्छ । सेनकालमा पाल्पाको संरक्षण गर्न पूर्वतिर वाकुमगढी र पश्चिम दक्षिणपट्टि बल्ड्याङ्ग गढी थियो ।
वि.स १८७१ मा स्थल मार्गबाट अंग्रेजले बृहत गोर्खा अधिराज्यसित ६÷७ ठाउँबाट युद्ध छेडिसकेका थिए । मकवानपुर–चितवन क्षेत्र, बारा–पर्सा–रौतहट, मिथिलाक्षेत्र र बुटवलको जीतगढी क्षेत्र युद्धबाट नेपाल जोगाउनका लागि किल्लाको रुपमा स्थापित गरिएको थियो ।
संसरामा नहारेको अंगे्रज फौजलाई नेपाली वीरहरुले परास्त गरेर सार्वभौम जोगाएको दिन हो आज ।























